प्रदेशशिक्षासमाचार

कपिलाकोट माविको नवनिर्मित उद्घाटन

सिन्धुली, २५ मंसिर २०७७

मरिण गाउपालिका ७ स्थित कपिलाकोट माध्यमिक विद्यालय महेश्वताको नवनिर्मित २१ कोठे भवन बिहिबार उद्घनटन गरिएको छ ।

एसियाली विकास बैंक एडिबीको ऋण सहयोग तथा नेपाल सरकार केन्द्रीय आयोजना कार्यान्वयन ईकाई (शिक्षा)ले बनाएको भवनको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले उद्घाटन गर्नु भएको हो ।

उद्घाटन गर्दै मन्त्रि पोख्रेलले शिक्षाले ज्ञान, सिप र चरित्र दिनु पर्ने बताए । समयको गति संगै संसार कुन गतिमा अघि बढि रहेको छ हामी पनि त्यतै जानु पर्ने बताउनुभयो । नकरात्मक दृष्टिकोणले परिवर्तन गर्न नसकिने भन्दै उहाँले सकरात्मक सौचका साथ लागि परे शिक्षा क्षेत्रमा आमुल परिवर्तन हुने बताउनुभयो ।

मन्त्री पोखरेलले अहिलेको समयमा प्रविधिको प्रयोग विना कुनै पनि सामुदायिक विद्यालयको विकास हुन नसक्ने भन्दै शिक्षक प्रविधिमा अध्यावधिक गर्नुपन बताउनुभयो । ‘हाम्रो देशमा गाउँ र सहर, निजी र सार्वजनिक, आर्थिक स्रोत साधन भएका र नभएका विद्यालय, हाम्रोमा प्रविधि भएका र नभएका विद्यालय बिचमा खाडल छ ।

विद्यालयको शिक्षामा गुणात्मक सुधार दिने हो भने विद्यालय प्रविधिमैत्री पनि बनाउनुपर्छ । प्रविधि युक्त पनि बनाउनु पर्छ । प्रविधिको प्रयोग विना शैक्षिक सुधार हुनेछैन । त्यसका लागि सबै शिक्षकहरु प्रविधिमा अध्याबधिक हुन जरुरी छ ।’ मन्त्री पोखरेलले भन्नुभयो ।
कन्टेक लुम्बीनी जेभीले ठेक्का पारी निर्माण गरेको भवन कुल ११ करोड ६६ लाख ७३ हजार ४३५ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो । २१ कोठाको भवन बालमैत्री तथा अपांगमैत्री रहेको विद्यालयले जनाएको छ ।

Comment here