प्रदेशसमाचार

सय बर्ष पार गर्दा पनि छैन नागरिकता

सिन्धुली, २२ मंसिर २०७७

छत्रमाया मगर कमलामाई नगरपालिका १३ रुचानीमा बस्दै आउनु भएको छ । उमेरले उहाँ एक सय बर्ष पार गर्नु भई सकेको छ । यो उमेरमा पनि उहाँले नागरिकता प्राप्त गर्न सक्नु भएको छैन् ।

नागरिकता नहुँदा उहाँ राज्यले प्रदान गरेको सेवा सुविधाबाट समेत बञ्चित हुदै आउनु भएको छ । नागरिकता बनाउन बा आमाको नागरिकता चाइन्छ उहाँले भन्नुभयो बा आमा कोही पनि हुनुहुन्न श्रीमानको पनि ५ बर्ष अघि मृत्यु भयो । अव मेरो नागरिकता कस्ले बनाईदिएला उहाँले प्रश्न गर्नुभयो ?

श्रीमानको पनि मृत्यु भएपछि नातामा नाती पर्ने पदमबहादुर रानामगरले बृद्धाको हेर विचार गर्दै आएको स्थानीयको भनाई छ । पदमको पनि आर्थिक अवस्था कमजोर छ, ज्याला मज्दुरी गरेर भ पनि बृद्धाको हेरविचार गर्दै आएका छन् । उनको पनि आर्थिक अवस्था कमजोर छ । नागरिकता बनाउन पहुँच नै पुग्दैन ।

नागरिकता जन्मेपछि पाउनु पर्ने हो तर उहाँलाई किन नागरिकता दिईएन ? नागरिकता बनाउन सहयोगी मनहरुले पहल चालिदिनु प¥यो स्थानीय एकराज पहाडीले भन्नुभयो नागरिकता बनाइ दिएर बृद्धा भक्ता दिएमा उहाँको पालनपोषणमा ठुलो राहत पुग्ने बताउनुभयो । घर परिवारका सदस्यले साँची बसेर नागरिकता बनाउन नपाउने भन्ने सुनेपछि उहाँको नागरिकता बनाउन पहल नै भएको छैन् । हतपते माइति बताउने छत्रमायाले अहिले माइति पक्षका आफन्त कोहि पनि नभएको बताउदै आएको उहाँले भन्नुभयो ।

नजिकका आफन्त नहुँदा नागरिकता उहाँले प्राप्त गर्न सक्नु भएको छैन् । विगत ५ बर्ष अघि उहाँको पनि मृत्यु भयो । अव नागरिकता कसरि बन्छ ? पहल गरिदिन उहाँको आग्रह रहेको छ ।

यता प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले नागरिकता प्राप्त गर्नु अघि भर्नु पर्ने विवरणहरु भरी आवश्यक प्रमाणहरु पुग्ने कागज पत्र पेश गरेमा नागरिकता दिन सकिने बताउनुभयो । उहाँको तिनपुस्ते विवरण, श्रीमानको मृत्यु दर्ता लगाएतका प्रमाण पुग्ने कागजपत्र सहित वडाको सिफारिस लिएर आएमा नागरिकता दिन सकिने बताउनुभयो ।

Comments (1)

  1. […] सय बर्ष पार गर्दा पनि छैन नागरिकता […]

Comment here