प्रदेशबागमतिशिक्षासमाचार

सुरक्षित सिकाइका लागि सरोकारवालाहरुसंग शैक्षिक अन्तरक्रिया

सिन्धुली, २१ मंसिर २०७७

सिन्धुलीमाढीमा आइतबार सुरक्षित सिकाई क्रियाकलाप संचालनको लागि सरोकारवालासंग शैक्षिक अन्तरक्रिया सम्पन्न भएको छ ।
प्लान इन्टरनेश्नल नेपालको साझेदारी, शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीको समन्वयर मानव तथा राष्ट्रिय विकास समाज –हेण्ड्स० नेपाल सिन्धुलीको आयोजनामा शैक्षिक अन्र्तक्रिया सम्पन्न भएको हो ।

सिकाई परियोजना अन्र्तगत शिक्षण सिकालाईलाई सुरक्षित बनाउने उद्धेश्यले शैक्षिक अन्तरक्रिया गरिएको सिकाई परियोजना संयोजक प्रमोद तिमिल्सेनाले जानकारी दिनुभयो ।

अन्तरक्रियामा कोरोना भाइरसका कारण विद्यालय लामो सयम सम्म बन्द हुँदा यसले बालबालीकाहरुमा पारेको मनोवैज्ञानिक असर क मगर्ने, शैक्षिक सत्र भित्र सिकाई उपलब्धि हासिल गर्न सकिने, हालको सिकाई क्रियाकलाप सम्बन्धि तलफलल, स्वस्थ्य मापदण्डको पालना र शैक्षिक गुणस्तर बृद्धिका विषयमा छलफल भएको थियो ।

शिक्षक संघ, संगठनका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, शिक्षकले सहभागिता जनाएका थिए । सहभागिहरुले स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा कडाई गर्नु पर्ने, विद्यालयले मास्क किनेर सधैं विद्यार्थीलाई उपलब्ध गराउन नसक्ने हुँदा अभिभावक पनि समस्यामा परेकाले सुरक्षाका मापदण्ड पूर्ण पालनामा समस्या भएपनि विद्यालयहरुले सके सम्मको व्यवस्थापन गरेको बताएका थिए ।

कार्यक्रममा नगरशिक्षा अधिकारी शंकरराज लुईटेलले प्राप्त पाठ्यक्रमका आधारमा उपलब्धि हासिल गर्ने गरि सिकाई सहजीकरण गर्न आग्रह गर्नुभयो । डा। हरिप्रसाद पोख्रेलले पाँच वटा मुख्य विषयको मात्र संकुचन प्राप्त भएको र ऐच्छिक विषयहरुको संकुचन प्राप्त नभएकाले पढाउने व नपढाउने भन्ने अन्योलमा नपरि ऐच्छिक विषयलाई पनि आवश्यकता अनुसार समय दिई पठन पाठन गर्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख नेत्र गजुरेलले शिक्षक र विद्यार्थी दुवैको उत्साहका कारण कमलामाई नगरपालिकामा यस शैक्षिक सत्रको उपलब्धि हासिल गर्न सकिने बताउनुभयो ।

सहभागिहरुले शैक्षिक शत्रको उपलब्धि तोकिएकै समयमा हासिल गर्न स्थानीय तहले पटक पटक अनुगमन गर्नु पर्ने, स्वास्थ्य सुरक्षाका सामाग्रिमा स्थानीय तहले विद्यालयले सहयोग गर्नु पर्ने बताउदै शिक्षकहरुले तोकिएको ढाँचामा सिकाई सहजीकरण गरि रहेको र यस शैक्षिक सत्रको उपलब्धि हासिल गर्न सकिने बताएका थिए ।

Comment here