जीवन सैलीप्रदेशसमाचार

तीनपाटनमा महिला स्वास्थ्य स्वयंसेविका दिबस मनाइयो

बरुण घिमिरे

शनिबार अन्तराष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिबस सिन्धुलीको तीनपाटन गाउँपालिकामा मनाइएको छ । कोरोना भाइरस कोभिड–१९ को रोकथाम र समृद्दिका लागि संयुक्त कार्य, महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीकाको भुमिका अपरिहार्य भन्ने मुल नाराका साथ १७ औं अन्तर्राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेबिका मनाईएको हो ।

तिनपाटन गाउँपालिका स्वास्थ्य शाखा, लाम्पन्टरको आयोजनामा बाहुन्तिल्पुङ स्वास्थ्य चौकी तिनपाटन ८ मा आयोजना भएको कार्यक्रममा बोल्दै स्वयंसेवकिहारुले स्वास्थ्य चौकिकामा अहिले सम्म पनि बत्ती को ब्यबस्था नभएको , काम अनुसारको तलभ भत्ता अत्यन्त थोरै मात्रामा रहेको , मासिक १००० रुपैयाँमा काम गर्नु परेको, सुत्केरी गराउँन पनि स्वयंसेवकि आउनु परेको र सुत्केरिको लागि आउँदा भत्ता १०० मात्र पाइने गरेको , स्वयंसेबिकालाई तालिमको अभाब भएको गुनासो गरेका छन् ।

कार्यक्रममा वडाका ९ जना स्वयंसेविका मध्य उत्कृष्ट काम गर्ने ३ जना महिला स्वयंसेविकालाई पुरुस्कार बितरण गरिएको छ । पुरुस्कार पाउनेमा मोतिमाया गोले, र अन्यलाई बिशेष चिनोको ब्यबस्था गरियको थियो ।

कर्यक्रमको अध्यक्षता तिनपाटन गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष तथा स्वास्थ्य चौकी ब्यबस्थापन समितिका अध्यक्ष रेखराज अधिकारिले गर्नुभएको थियो । उहाँले कार्यक्रममा बोल्दै स्वयंसेबिकाहरुको समस्या तथा स्वास्थ्य चौकीको समस्यालाई तुरुन्त स्वास्थ्य शाखमा माइनोट गरि पठाउन केन्द्र प्रमखु लाई निर्देशन दिनुभयो । त्यो समस्यालाई अफुले गाउँ कार्यपालिकाको बैठकमा समेत उठाउने प्रतिबद्द्ता जायर गर्नु भयो । कार्यक्रममा स्वागत मन्तब्य स्वास्थ्य केन्द्रका स्टाप नर्स सरिता घिमिरेले राख्नु भएको थियो मन्तब्य राख्दै महिला स्वंयसेबिकाले गरेको कामको राज्यले सहि मुल्यांकन गर्न नसकेकोमा आफू दुखी रहेको र राज्यले तलभ भत्ता मा जोड दिनु पर्ने बताउनुभयो ।

कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधि, प्रहरी , शिक्षक लगाएतको उपस्थिति थियो भने कार्यक्रम संचालन स्वास्थ्य केन्द्रका प्रमुख खगेन्द्र पुलामिले गर्नु भएको थियो ।

 

Comment here