प्रदेशसमाचारसाहित्य

अस्मिताको “ प्रेमोपहार” मुक्तक सग्रह विमोचन

सिन्धुली, २० मंसिर २०७७
पुस्तक प्रकाशनमा उमेरका हिसाबले नेपालकी कान्छि कवी अस्मितिा दाहालको मुक्तक सग्रह “प्रेमोपहार”सार्वजनिक भएको छ ।  साहित्यकार अस्मिता दाहालको ‘प्रेमोपहार’ मुक्तकसंग्रहको शनिबार विमोचन गरिएको छ ।

उमनाथ शास्त्री साहित्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा दाहालको ‘ प्रेमोपहार ’ मुक्तकसंग्रहको विमोचन गरिएको हो । कार्यक्रममा कमलामाइ नगरपालीकाका नगर प्रमुख खड्ग खत्री, उमानाथ शास्त्री साहित्य प्रतिष्ठानका संरक्षक तुलसी ढकाल, जनसेवा पुस्तकालयका अध्यक्ष शेषराज दाहाल र उमानथ शास्त्री साहित्य प्रतिष्ठाका अध्यक्ष प्रज्वल सिन्धुलीय भाइ दाजु लगायतले मुक्तक संग्रहको विमोचन गर्नु भएको थियो ।

प्रतिष्ठानका उपाध्यक्ष शारदाप्रसाद पहाडीको स्वागत मन्तव्य रहेको कार्यक्रममा विमोचित कृतिका बारेमा साहित्यकार टंकध्वज थापाले समीक्षा गर्नु भएको थियो । उहाँले प्रेमोपहार मुक्तक संग्रहभित्रका मुक्तकले समाजका हरेक विषयवस्तुलाई उठाएको चर्चा गर्दै अहिले मुलुकले भोगेको राजनीतिक, सामाजिक, आर्थिक व्यतिथिका साथै सामाजिक विकृति विसंगति रुढीबादी कुसंस्कार र बेरोजगारी, अभाव, लैंगिक विभेदलगायतलाई संग्रहमा लेखकले सशक्त रूपमा प्रस्तुत गरेको बताउनुभयो ।

समारोहका प्रमुख अतिथि समेत रहेका कमलामाइ नगरपालीकाका नगर प्रमुखले , ५० वटा मुक्तक सग्रह नगर पालीकाले खरीद गरी सहयोग गर्ने प्रति बद्धता व्यक्त गर्नु भयो । साथै पत्रकार विनय दाहालले २० वटा मुक्तक सग्रह किन्ने प्रतिबद्धता जनाउनुभयो ।
यस्तै जनसेवा पुस्तकालयका अध्यक्ष शेषराज दाहालले १० वटा पुस्तक किनेर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु गर्नुभयो । उमानाथ शास्त्री साहित्य प्रतिषठानका सचिव केदार देवकोटाले सन्चालन गर्नु भएको कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष प्रज्वल सिन्धुलीय भाई दाजुले र्गनु भएको थियो भने प्रेमोपहार मुक्तक सग्रहको प्रकाशन ११११ गजल सग्रहका लेखक खडान्द तिमलसिनाले गर्नु भएको थियो ।

Comment here