प्रदेशशिक्षासमाचार

हेण्ड्स नेपालद्धारा अपाङ्ग बालबालिकाकालागि सहयोग सामाग्रि हस्तान्तरण

सिन्धुली, १८ मंसिर २०७७

२९ औं अन्तराष्ट्रिय अपांङ्ग दिवसमा अवसरमा मानव तथा राष्टिय विकास समाज (हेण्ड्स) नेपाल सिन्धुलीले शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।

प्लान इन्टरनेशनल नेपालको साझेदारिमा सञ्चालित सिकाइ परियोजना मार्फत कमलामाई नगरपालिकाको समन्वयमा शैक्षिक सामाग्रि हस्तान्तरण गरेको हो ।

बिहीबार आयोजित एक कार्यक्रम मार्फत कमलामाई नगरपालिकाका उपमेयर मञ्जु देवकोटाले श्री जनज्योति बहिरा मावि जसेदमारका १०९ जना बहिरा विद्यार्थी अध्ययन सहयोग सामाग्रि हस्तान्तरण गर्नु भएको छ ।

सिकाई परियोजना संयोजक प्रमोद तिमल्सिनाका अनुसार आवसीय छात्राबासमा वस्ने छात्रा विद्यार्थीको लागि १ लाख ४१ हजार बरावरको शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ । पिजनहोल र्याग ५ थान, ५ थान भान्सा कोठाको लागि डाइनिगं टेवल र स्टेशनरी सामाग्री वितरण गरेको उहाँले जानकारी दिनुभयो ।

यस्तै बौद्धिक अपांगता भएका विद्यार्थी अध्ययन गर्ने श्री जनज्योति मावि फोस्रेटारमा निर्माण भएको खेलकुद परिसरलाई अपांगमैत्री संरचना निर्माणमा सहयोग गरेको उहाँले जानकारी दिनुभयो साथै २१ जना बालबालिका लाई शैक्षिक सामाग्री सहयोग पनि वितरण गरिएको परियोजना संयोजक तिमल्सिनाले जानकारी दिनुभयो ।

दृष्टिविहिन बालबालिका अध्ययन गर्दे दुधौली नगरपालिका वडा नं. ९ मा रहेको कमला मावि लदाभिरमा २ थान कम्प्युटर र शैक्षिक सामाग्री सहयोग गरेको परियोजना संयोजक तिमल्सिनाले जानकारी दिनुभयो ।

मानव तथा राष्ट्रिय विकास समाज (हेण्ड्स) नेपाल सिन्धुली विगत लामो समयदेखि बालबालिका, अपांगता भएका बालबालिकाको संरक्षण, सम्वद्र्धनका साथै शिक्षा, स्वास्थ्य, जिविको पार्जन लगायतका विषयमा प्रत्यक्ष रुपमा काम गर्दै आइरहेको छ ।

बालबालिकाहरु कुनै पनि अवस्थाबाट शिक्षा बाट वञ्चित नहुन भन्दै बालबालिकाले शिक्षाको उज्ज्यालो ज्योति बाट लाभान्वित हुनु पर्दछ भन्ने आर्दशलाइ व्यवहारीक रुपमा कार्यान्वयन गर्न यस संस्थाले विभिन्न सरकारी तथा अन्तराष्टिय गैर सरकारी संस्था र समुदाय सगँ साझेदारी गर्दै कार्यक्रम संचालन गरिरहेको संस्थाका अध्यक्ष बासुदेव अधिकारीले जानकारी दिनुभयो ।

दिवसका दिन २१ जना बौंद्धिक अपांगता, २० जना दृष्टिविहिन बालबालिका र १०९ जना बहिरा बालबालिका लागि शैक्षिक तथा दैनिक जीवन यापनमा आवश्यक पर्ने सामाग्रि हस्तान्तरण गरिएको संस्थाले जनाएको छ ।

Comment here