प्रदेशशिक्षासमाचार

शैक्षिक सामाग्री निर्माण सम्बन्धि तालिम सुरु

सिन्धुली, १७ मंसिर २०७७

सिन्धुलीमा शैक्षिक सामाग्री निर्माण सम्बन्धि चार दिने तालिम आजबाट सुरु भएको छ ।

प्लान इन्टरनेश्नल नेपालको साझेदारी तथा मानव तथा राष्ट्रिय विकास समाज (हेण्डस) नेपाल सिन्धुलीको आयोजना र कमलामाई नगरपालिकाको समन्वयमा तालिम सुरु भएको हो ।

तालिमको उद्घाटन गर्दै कमलामाई नगरपालिकाका नगर शिक्षा अधिकारी शंकरराज लुईटेलले शिक्षकहरुलाई चार दिनको सिकाईबाट भरपुर सिप हासिल गर्न आग्रह गर्दै सिकेको सिपलाई विद्यालयमा लागु गर्न निर्देशन दिनुभयो । विद्यार्थीलाई शैक्षिक सामाग्रिका माध्यमबाट पठन–पाठन गराउदा शिक्षण्क सिकाई क्रियाकलाप प्रभावकारी हुने भएकाले स्थानीय स्रोत साधन बाट शैक्षिक सामाग्रि निर्माण गर्न आग्रह गर्नुभयो ।
शैक्षिक सामाग्रि निर्माण गर्दा बुहउपयोगी हुने गरि निर्माण गर्न उहाँले सुझाव दिनुभयो । बालबालिकाको मनोविज्ञान बुझेर शिक्षकले पठनपाठन गर्नु पर्नेमा उहाँको जोड थियो ।

कोरोनाको महामारिका कारण स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरि न्युन सहभागितामा तालिम आयोजना गरिएको हेण्डस नेपालका सिकाई परियोजना संयोजक प्रमोद तिमल्सेनाले जानकारी दिनुभयो । उहाँका अनुसार कक्षा ५ सम्मका बालबालिकाहरुलाई शैक्षिक सामाग्रीका माध्यबाट शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्न सहयोग पु¥याउने उद्धेश्य अनुरुप तालिम सञ्चालन गरिएको हो ।

तालिममा सहभागि भएका शिक्षकहरुले आफ्नो विद्यालयमा रहेका शिक्षकहरुलाई पनि शैक्षिक सामाग्रि निर्माण गर्न सिकाउने आयोजकको अपेक्षा रहेको उहाँले जानकारी दिनुभयो ।

स्थानीय स्तरमा नै उपलब्ध सामाग्रिहरुबाट शैक्षिक सामाग्रि निर्माण सम्बन्धि सिप शिक्षकहरुलाई दिईने उहाँले जानकारी दिनुभयो ।
तालिममा कमलामाई नगरपालिकाका विभिन्न विद्यालयका दश विद्यालयका शिक्षक/शिक्षिकाको सहभागिता रहेको छ ।

 

Comment here