प्रदेशसमाचार

प्रदेश वन मन्त्रीलाई सामुदायिक वन महासंघले ९ वुद्धे ज्ञापन पत्र बुझायो

सिन्धुली १६ मंसिर २०७७

सामुदायि वन उपभोक्ता महासंघ सिन्धुलीले बुधबार डिभिजन वन कार्यालय सिन्धुली मार्फत बागमती प्रदेश, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीलाई ९ बुदे ज्ञापन पत्र बुझाएको छ ।

सामुदायि वन उपभोक्ता महासंघ सिन्धुलीको अध्यक्ष हितलाल श्रेष्ठको नेतृत्वमा गएको टोलिले ९ वुद्धे माग सहित डिभिजन वन अधिकृत थीरबहादुर कार्कीलाई ज्ञापन पत्र बुझाएको हो ।

उसले मन्त्रालयसंग उच्च स्तरीय छानविन समितिको प्रतिवेदन कार्यान्वयन गर्दै रुख कटन, विक्रि वितरण तथा ओसार पसारमा लगाईएको प्रतिवन्ध फूकुवा गर्न माग गरेको छ ।

ज्ञपनपत्र मार्फत रोकिएका काठ कटान ओसार पसार र विक्रिवितरण तत्काल खुल्ला गर्नु पर्ने,सामुदायिक वन उपभोक्ता समूहको विधान र कार्ययोजनामा उल्लेख भए वमोजिम साधारण सभाले गरेको निर्णय अनुसार वन सम्बद्र्धनका कार्यहरु गर्नु पर्ने,दिगो विकास लक्ष्य प्रतिको प्रतिवद्धता, सामुदायिक वनको स्वायत्तता, जैविक विविधता संरक्षण, लैगिंक समानता र सामाजिक समावेशिकरणलाई समेत ध्यानमा राखी दिगो वन व्यवस्थापन गर्ना माग रहेको छ ।

सामुदायिक वन उपभोक्ता समूहले लामो समय देखि आफ्नो वनबाट संकलित सालको काठ लगायतका वन पैदवारको सदुपयोग एवं विक्रि वितरण गर्नबाट बञ्चित हुनु पर्ने अवस्था सृजना भएमा समूहले कटान गरेका काठ तथा दाउरा समूहको विधान कार्ययोजना अनुसार विक्रि वितरण गरी उपभोक्ताहरुको मागलाई समेत ध्यानमा राखी माग अनुसारको वन पैदावर वितरण गर्ने व्यवस्था मिलाउन महासंघले माग गरेको छ ।

Comment here