प्रदेशसमाचार

फिक्कलमा परियोजनाहरु सञ्चालन गर्न कार्यक्रम अनुमोदन

सिन्धुली, १५ मंसिर २०७७

यहाँको फिक्कल गाउँपालिकाले दुई वटा परियोजनाहरु सञ्चालन गर्न कार्यक्रम अनुमोदन गरेको छ । मंसिर १३ गते गाउँपालिकाले पोषण तथा उत्थानशिल जिविकोपार्जन परियोजना र किशोरी परियोजनाका साथै Community Engagement Sponsorship Project   अनुमोदन गरेको छ ।

गाउँपालिकामा सिड्स नेपालले पोषण तथा उत्थानशिल जिविकोपार्जन र रिलिफ नेपालले किशोरी परियोजना र Community Engagement Sponsorship Project   सञ्चालन गर्ने छन् ।
कार्यक्रममा सिड्स नेपाल सिन्धुलीका कोषाध्यक्ष गोपाल कुमार पौडेलले कार्यक्रमको उद्धेश्य माथि प्रकाश पार्नुभएको थियो । उहाँले विकासे परियोजना ल्याउनको लागि एउटा माध्यम मात्र भएको र सबै कार्यक्रमहरु सम्बन्धित गाउँपालिकाकै कार्यक्रम भएको बताउदै यसबाट भरपुर लाभ लिन, यसको अपनत्व लिन समेत स्थानिय सरकारलाई आग्रह गर्नुभएको थियो ।

साथै स्थानिय सरकारसँग निरन्तर समन्वय गरि आपसी समझदारीमा कार्यत्रमहरु संचालन गर्नको लागि दुबै संस्थाहरु तयार रहेको पनि बताउदै परियोजनाको लागि आर्थीक तथा प्राविधिक सहयोग गर्ने वल्र्ड भिजन इन्टरनेसनल नेपाल लाई धन्यवाद समेत ब्यक्त गर्नुभएको थियो ।

यसका साथै कार्यक्रममा यस बर्षमा परियोजना अन्तर्गत संचालन गरिने कार्यक्रमहको प्रतुतीकरण दुबै संथाका परियोजना प्रमुखहरुले गरेका थिए । सिड्स नेपालको तर्फबाट कार्यक्रम ब्यबस्थापक नारायण पाण्डेले पोषण तथा उत्थानशिल जिविकोपार्जन कार्यक्रम अन्तर्गतका चार वटा परियोजना मोडलहरु क्रमश अल्ट्रा पुवर ग्य्राजुयसन, विल्डिङ सेक्युअर लाइभलीहुड, सकारात्मक झुकावका लागि सामुहीक चुलो र नागरिक आवाज र कर्तब्य का बारेमा वृस्तित जानकारी गराएका थिए र यस बर्ष खर्च हुने बजेटको विवरण समेत प्रस्तुत गरेका थिए । यसैविच रिलिफ नेपालको तर्फबाट कार्यक्रम संयोजक पुष्कर राज पाडेल ले बाल स्पोन्सरसिप तथा किशोरी परियोजनाको बारेमा प्रस्तुतीकरण गर्नु भएको थियो ।


कार्यक्रममा वल्र्ड भिजन इन्टरनेसनल नेपालका स्पोन्सरसिप जिल्ला संयोजक रन्जिता डल्लाकोटिले वल्र्ड भिजन इन्टरनेसनल नेपालको स्पोन्सरसिप परियोजनाको बारेमा सरोकारवाला हरुलाई जानकारी गराउनु भएको थियो । साथै उहाँले स्थानिय सरकारको सहयोगमा मात्र अहिले सम्म कार्यक्रमहरु सफलतापुर्वक सम्पन्न भएको हुनाले भरपुर सहयोगको लागि गाउँपालिका लाई धन्यवाद दिनुभयो । यसका साथै विगतामा ४ वटा साझेदार संस्थाले सिन्धुलीमा काम गरिरहेको र हाल २ वटा मात्र साझेदार संस्थाहरु भएकाले अझै बढि स्थानिय सरकारको सहयोग आवश्यक रहेको समेत बताउनुभयो ।

कार्यक्रमको सुरुवातमा गाउँपालिकाको तर्फबाट वडा नं ५ का अध्यक्ष तथा गाउँपालिकाको प्रवत्ता राजु बरालले स्वागत मन्तब्य मार्फत सबैलाई स्वागत गर्नुभएको थियो । स्वागत मन्तब्यको क्रममा बोल्दै सिड्स नेपाल सिन्धुली तथा रिलिफ नेपाल सिन्धुली ले विगतमा पनि फिक्कल गाउँपालिका मा विकास साझेदारको रुपमा काम गर्दै आएको र यस भन्दा अघिल्लो वर्ष सिड्स नेपाल सिन्धुलीले गाउँपालिकाको साझेदारीमा गाउँपालिकाकै विकट ठाउँ सोल्पाको जाङजाङमा २ कोठे ट्रस विद्यालय भवन निर्माण गरेको साथै शिक्षा सम्बन्धी काम गरेको र रिलिफ नेपाल सिन्धुलीले पनि लिफ्ट सिंचाई संचालन गरेको र दुबैले आफ्ना कामहरु पारदर्शी र आपसी साझेदारीमा संचालन गरेको कुराको स्मरण गर्नुभएको र आगामी दिनमा पनि सँगै हातेमालो गरेर अगाडी बढ्न आफु लगायत समग्र गाउँपालिका नै तयार रहेको प्रतिवद्धता समेत ब्यक्त गर्नुभयो ।

अन्तमा रिलिफ नेपालका अध्यक्ष दुर्गा राज पौडेल ले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो त्यसपछि कार्यक्रमको समापनमा बोल्दै पालिकाका अध्यक्ष धन बहादुर कार्कीले दुबै संस्थालाई धन्यवादका साथ सधै सहयोग गर्न तयार रहेको प्रतिवद्धता ब्यक्त गर्नुभएको थियो ।
फिक्कल गाउँपालिकाले मिति २०७७ मंसिर १३ गतेका दिन जिल्ला स्थित कार्यरत २ वटा परियोजनाहरु गाउँपालिकामा संचालन गर्नका लागि अनुमोदन गरेको छ । साथै दुबै संस्थाहरुलाई अनुमति समेत प्रदान गरेको छ । उक्त कार्यक्रम गाउँपालिका अध्यक्ष श्री धन बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रम संचालन फिक्कल गाउँपालिकाका सुचना अधिकारी नारायण अधिकारीले गर्नुभएको थियो ।

Comment here