प्रदेशसाहित्य

भो म के हि बोल्दिन

तेल बिना दियो बल्छ भने म केही बोल्दिन
हो पानी बिना माछा बाच्छ भने म केहि बोल्दिन ।।

थाहा छ मलाई यो पुरुष प्रधान समाज हो भनी
तर नारि बिना नि यो सृष्टि चल्छ भने म केही बोल्दिन ।।

म पनि नारि हो याद छ मलाई ती दिनहरु यो समाजले मलाई पाखा र भाईलाई काखा गरेको ,
छोरी बिना नि यो संसार चल्छ भने म केही बोल्दिन , ।।

म जवान भएको देखेर गिद्दे नजर लगाउने हरु
तिमिहरुलाई जन्म दिने यहि नारि होईन भने म केहि बोल्दिन ।।

बन्दभिता भएको कोठामा जिन्दगी बिताउनु पर्ने रे हामिले भान्सा र बालबच्चा कोे सियार गर्नु पर्ने रे हामिले
नारिलाई बन्द कोठामा सिमित राख्दा संसार चल्छ भने म केही बोल्दिन।।

विभिन्न हिंंसाकोे र दुर्ब्यवहार को सिकार हुनु पर्ने हामी नारि हरु
हाम्रो लागि अधिकार छैन भने म केही बोल्दिन ।।

महिला राष्ट्रपति भएको देश हो हाम्रो , तर यहि देशमा महिला ले स्वतन्त्रता को अधिकार पाएका छैनन्
एक महिला ले अर्को महिला को पीडा बुझ्दैन भने म केही बोल्दिन ।।

दिन प्रतिदिन जघन्य अपराध गर्ने अपराधी लाई सजाय छैन भने
नेपाल को मुल कानुका कुरा हरु पानामा मात्र सिमित हो भने म केही बोल्दिन ।।

भो नारि बिना नि यो सृष्टि चल्छ भने म केही बोल्दिन ।।।

स्वस्तिका बखरेल

अध्यक्ष

किशोरी सञ्जाल कनपा -१३ रानिबास

 

Comment here