प्रदेशसमाचार

दुधौलीमा आज सार्वजनिक विदा

सिन्धुली, ११ मंसिर २०७७
ठुली एकादशीका दिन दुधौली नगरपालिकाले सार्वजनिक विदा दिएको छ । यस पर्व मनाउन नगरपालिकाले सार्वजनिक विदा दिएको हो ।
ठुली एकादशीका दिन नगरमा बासोबास गर्दै आएका दनुवार समुदायले हर्ष उल्लास र महत्वका साथ बड्की एकादशी मनाउने भएकाले सार्वजनिक विदा दिईएको मेयर राउतले जानकारी दिनुभयो ।

स्थानीय संस्कृति, परम्पराको संवद्र्धन एवं प्रवद्र्धनका लागि बरकी एकादशीका दिन नगरले बर्षेनी सार्वजनीक बिदा दिदै आएको उहाँले जानकारी दिनुभयो ।

नगरक्षेत्रमा ठुलो संख्यामा रहेका दनुवार जातीले यस बर्ष कोभिडको कारण नेपाल सरकारले भेला, समारोह, खुल्ला मञ्चका कार्यक्रमहरु गर्न रोक लगाएकाले यसबर्षको बरकी एकादशी पर्वको कार्यक्रम आ–आफ्नो घरमा मात्रै सिमित राखेर मनाउने भएका छन् ।

Comment here