प्रदेशसमाचार

मदन भण्डारी राजमार्ग गुणस्तरहिन भएको भन्दै स्थानीयले मेयर बोलाए

एनबी अधिकारी
निर्माणाधिन मदनभण्डारी राजमार्गको सडक खण्ड अन्र्तगत कमलामाई नगरपालिका १ मा निर्माणाधिन सडक गुणस्तर नभएको भन्दै स्थानीले विरोध गरेका छन् ।

गुणस्तरहिन सडक निर्माण भएको विगतमा भएका सम्झौताको कार्यान्वयन नै नगरि सडक निर्माण गरिएको भन्दै स्थानीले जनप्रतिनिधिसंग गुहार मागेका छन् । उनीहरुले सडक गुणस्तर र दिगो हुनु पर्ने माग राखेका छन् ।

निर्माणाधिन धरानको चतरा देखी हेटौडा सम्म जोड्ने मदनभण्डारी राजमार्ग निर्माणाधिन अवस्थामा रहेको छ । यो राजमार्ग विभिन्न खण्ड–खण्ड गरेर निर्माण भै रहेको छ । कमलामाई नगरपालिका खण्डमा भएको सडक विस्तार र निर्माणका सवालमा विभिन्न गुनासा आउन थालेका छन् ।

जनताले गुनासो गरेपछि कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले मंगलबार विहान निर्माण स्थलमा नै पुगेर राजमार्ग निर्माणमा जनताले गरेका गुनासोका सावलमा निरिक्षण र अवलोकन गर्नु भएको छ । कमलामाई नगरपालिका १ मा पर्ने खारखोला भन्ने स्थानमा सडकको नाला र रिटेनिङ वाल विना नै सडक कालोपत्रे गर्न लागेकोमा स्थानीयले विरोध गरेका छन् ।

सडकको दायाँ बाया वाल नलगाउदा र सडकमा ड्रेन नवनाउदा गरिएको कालोपत्रे बर्षामा भत्कने भन्दै गुणस्तर सडक निर्माण गर्न उनीहरुले माग गरेका छन् । स्थानीय केदार श्रेष्ठले राजमार्ग ड्रेननै निर्माण नगरि दाया बायाँ वाल नै निर्माण नगरि धमाधम कालोपत्रे गर्न थालेको बताउनुभयो । उहाँले भन्नुभयो ‘हामीलाई अहिले सम्म नसुनेको कुरा, सडकको पिच सकेर मात्र ड्रेन बनाउने र वाल लगाउने जवाफ दिईएको छ ।’ सडक निर्माणका सवालमा गुणस्तर बनाउन पटक पटक दवाव दिदै आएकाले स्थानीलाई अटेर गर्दै गुणस्तरहिन सडक निर्माण गरिएको उहाँको भनाई रहेको छ ।

यस्तै स्थानीय युवराज गौतमले सडक विस्तारका सवालमा स्थानीयससंग गरिएको सम्झौताको कार्यान्वयन नै नभएको बताउनुभयो । मेयरसंग उहाँले सडकलाई दिगो र गुणस्तर बनाउन हामीले धेरै पहल ग¥यौ तर हामीलाई टेरेनन् तपाईले केही पहल गरिदिनु प¥यो । राजमार्गका वाल पिच भत्केको देख्नु भएकै छ तर हामी हाम्रो क्षेत्रमा गुणस्तर सडक बनाउन चाहान्छौ उहाँले भन्नुभयो ।

मदनभण्डारी राजमार्गका आयोजना प्रमुख लगाएत इन्जिनियरहरुसंग यस सवालमा आफुले स्थानीयले गरेका मागका बारेमा जानकारी गराएको र उक्त गुनासा संबोधन गर्न आग्रह गरेको मेयर खड्गबाहदुर खत्रीले सरोकार खबरलाई जानकारी दिनुभयो ।

सडकको पिच गर्नु पूर्व वाल लगाउने ड्रेन बनाउने काम नै नगरि कालो पत्रे गर्न थालेको पाईएको उहाँले बताउनुभयो । स्थानीयले सडकको गुणस्तरमा प्रश्न उठाएकाले आयोजना प्रमुख सहित इन्जिनियरको टोलिले गुणस्तर चेक जाँच गर्नु पर्ने उहाँले बताउनुभयो ।

कमलामाई नगरपालिका भित्र भन्ने राष्ट्रिय तथा स्थानीय स्तरका आयोजना निर्माणमा गुणस्तर र मापण्ड अनुसार नै बनाउने पर्नेमा कमलामाई नगरपालिका रहेको भन्दै गुणस्तर हिन भए भत्काएर पुन मापदण्ड अनुसारबनाउनु पर्ने उहाँको भनाई रहेको छ ।

Comment here