प्रदेशसमाचार

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

सिन्धुली, ६ मंसिर २०७७
दुधौली नगरपालिका ५ मा भएको ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ । शनिबार सिर्थौलि नंयाटोल स्थित भित्री कच्चि सडक–खण्डमा सिर्थौलि नंयाटोलबाट छपाहा तर्फ जांदै गरेको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भिर घाइते भएका दुधौली नगरपालिका .५ छपाहा बस्ने २१ बर्षिय बियस कुमर दनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । प्रहरी नायव उपरिक्षक श्यामबहादुर खत्रीका अनुसार स्थानीय प्राथामिक स्वास्थ्य केन्द्र सिर्थौलिमा उपचार गरि थप उपचारको लागि सिन्धुली अस्पताल ल्याएकोमा डाक्टरले मृत घोषणा गरेका हुन् ।

सिर्थौलि नंयाटोलबाट छपाहा तर्फ मल लिन जांदै गरेको ना.५.त १९५१ नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई दुर्घटनामा परेको थियो ।

Comment here