प्रदेशबागमतिसमाचार

बागमति प्रदेश सरकारले सिन्धुलीमा ड्रागन फ्रुटको खेति गर्ने

रविन्द्र भट्टराई

सिन्धुली, ३ मंसिर २०७७
बागमती प्रदेशका भूमि व्यवस्थापन एवम कृषि सहकारी मन्त्री दावादोर्जे लामाले सिन्धुलीको हरीहरपुर गढी गाउँपालिकामा बागमती प्रदेश सरकारले ड्रागन फ्रुटको खेति गर्ने बताउनु भयो ।

सिन्धुलीको दुधौली नगरपालिका पुगेर दुधका परिकार बनाउने केन्द्र अर्थात डेरी उद्टन गर्दै यस्तो बताउनु भएको हो । उहाँले दुुध उत्पादक कृषकलाई प्रोत्साहन स्वरुप दुध विक्री गर्दा प्रति लिटर २ रुपैयाँका दरले अनुदान दिने तयारी अन्तिम चरण पुगेको पनि बताउनु भएको थियो । मन्त्री लामाले उक्त अनुदान रकम गाईभैसी पाल्ने कृषकको घरघरमा पुग्ने पनि विश्वास दिलाउनु भयो ।

भूमि व्यवस्थापन एवम कृषि सहकारी मन्त्री लामाले कृषि क्षेत्रबाट कृषकहरु पलायन हुने अवस्थामा प्रदेश सरकारले हरीहरपुरमा ड्रागन फ्रुटको खेति गर्ने बताउनु भएको हो । हामीले स्थलको अवलोकन समेत गरेका छौँ मन्त्री लामाले भन्नु भयो प्रदेश सरकारले यसको लागि बजेट विनियोजन गरीसकेको छ ।

मन्त्री लामाले कृषकहरुले उत्पादन गर्ने र बजार नपाउने भन्ने समस्याको समाधान गर्ने कार्यक्रममा प्रतिबद्धता व्यक्त गर्दै कृषकहरुलाई उत्पादन तर्फ समय खर्चिन सुझव पनि दिनुभएको थियो ।

दुधौली नगरपालिका र यु.एन डि.पी को सहयोग सहकार्य नेपालको साझेदारीमा त्रिशत्ती बहुउद्देश्य कृृषि सहकारी सस्थाले उक्त त्रिशक्ती डेरी उद्योगको स्थापना गरेको हो । डेरी उद्योग स्थापना सगैँ दुधौलीका किसानहरुको दुःध खेर नजाने विश्वास लिइएको छ ।

Comment here