समाचार

लायन्स क्लब सिन्धुली र फिनल्याण्डको मैत्री सम्बन्ध

सिन्धुली, २ मंसिर २०७७

लायन्स क्लब अफ सिन्धुली कमलामाई (नेपाल) का अध्यक्ष लायन सुशील कुमार देवकोटा र लायन्स क्लब यार्भेनपार जीन सिभिलियस (फिनल्याण्ड) का अध्यक्ष लायन एरकी टोलोनेन बीच मैत्री सम्बन्ध स्थापना गर्ने औपचारिक पत्रमा दुवै पक्षबाट हस्ताक्षर भएको छ । दुवै राष्ट्रको राष्ट्रिय धुनबाट सुरुवात भएको भरच्युल बैठकबाट मैत्री सम्बन्ध स्थापना गर्न हस्ताक्षर भएको हो ।

साथै हाल विश्व नै अहिले कोरोना भाईरस (कोभिड–१९) ले आक्रान्त परिरहेकाले यस अवस्था न्यून भएपछि पारस्पारिक भेट्घाट गरी दुवै क्लब बीच आपसी सम्बन्ध प्रगाढ गर्दै विभिन्न सामाजिक कार्य गर्ने औपचारिक हस्ताक्षर समेत गरिएको लायन्स क्लब अफ सिन्धुली कमलामाइका सेक्रेटरी लायन सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

औपचारिक हस्ताक्षरमा दुवै क्लब बीच स्थानीय स्तरमा भएका विभिन्न समस्याहरूलाई पहिचान गरी त्यस संबद्ध कार्यक्रमहरू तर्जुमा गरी कार्यान्वयन गर्ने समेत सहमति भएको छ ।

 

Comment here