प्रदेशसमाचार

फिक्कलमा उद्धब स्मृति पार्क उद्घाटन

सिन्धुली, २७ कार्तिक २०७७

फिक्कल गाउँपालिका ५ सोल्पाठानामा निर्माण गरिएको उद्धव स्मृति पार्क बिहीबार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ ।

स्मृति पार्काको संघिय सांसद गणेशकुमार पहाडीले उद्घाटन गर्नु भएको हो । २०५४ सालमा तत्कालिन सोल्पाठाना नेकपा एमालेबाट उम्मेदवार बनेका खड्का गाउँ विकास समितिमा निर्वाचित हुनु भएको थियो । विकास प्रेमी उद्धब खड्काको कार्यकालमा नै निधन भएपछि उहाँको सम्झनामा पार्क निर्माण गरिएको थियो ।

वडा अध्यक्ष राजु बरालले फिक्कल गाउँपालिकाको १९ लाख ५० हजार र संघिय सांसद कोषको १४ लाख गरी कुल ३३ लाख पचास हजारमा स्मृति पार्क निर्माण सम्मपन्न गरिएको जानकारी दिनुभयो । पार्कमा पोखरी, छत सहितको प्रतिक्षालय, स्टेज, चाईनिज दुबोको गार्डेन तथा बस्ने चौतारो रहेका छन् ।

गाउँपालिका उपाध्यक्ष पार्वति सुनुबारले विकास प्रेमि दुरदर्शी नेताका रुपमा रहनु भएका तत्कालिन सोल्पाठाना गाउँ विकास समिति अध्यक्षको सम्झानामा पार्क निर्माण गरिएको बताउनुभयो । राजनितिमा समाजसेवा र २० बर्ष पहिला उहाँले यहाँ सडक, विजुली लगाएतका विकासका कुरा गर्दा आज साकार पार्दै उहाँको सम्झनामा पार्क निर्मार्ण गरिएको बताउनुभयो ।

वडा अध्यक्ष राजु बरालको अध्यक्षतामा भएको उद्धव स्मृति पार्क उद्घाटन कार्यक्रममा संघिय सांसद गणेशकुमार पहाडी, पूर्व सांसद गंगा नेपाल, बगमति प्रदेश सभा सदस्य प्रदिप कटुवाल, लेखनाथ दाहाल, गाउँपालिका अध्यक्ष धनबहादुर कार्की, उपाध्यक्ष पार्वति सुनुवार, नेपाल कम्युनिष्ट पार्टी फिक्कल गाउँपालिका अध्यक्ष रामप्रसाद भण्डारी, नेपाल कांग्रेस सोल्पाठानाका वडा सभापति टंक बुढाक्षेत्री, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य द्धारिका काफ्ले लगाएतले स्वर्गिय उद्धब खड्काले देखाएको बाटो र समाज निर्माणमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।
वि.सं. २०२८ साल बैशाख २८ गते जन्मनु भएका उद्धबको २०५८ साल बैशाख ११ गते उपचारको क्रममा भारतको यम्स अस्पतालमा निधन भएको थियो ।

Comment here