प्रदेशसमाचार

सिन्धुलीगढीमा आज विजय उत्सव मनाइदै

सिन्धुली, २४ कार्तिक २०७७

सिन्धुलीगढीमा कार्तिक २४ गते विजय उत्सव मनाइने दिनको रुपमा परिचित छ । यस बर्ष कोरोनाको महामारिका विचमा पनि कमलामाई नगरपालिकाले विजय उत्सव मनाउने भएको छ ।

आज सिन्धुलीगढीमा मेयर खड्गबहादुर खत्रीले झण्डोत्तोलन गर्ने र नेपाली सेनाले सलामी दिने कार्यक्रम तय भएको कमलामाई नगरपालिकाले जनाएको छ । कार्तिक २४ गतेको उत्सवलाई विगतमा भव्य तरिकाले मनाइदै आएको भए पनि यस बर्ष कोरोनाको महामारिका कारण सामान्य रुपमा मनाउने तयारी भएको कमलामाई नगरपालिकाका सूचना अधिकारी निर्मल लामाले जानकारी दिनुभयो ।
कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले आजको दिन कमलामाई नगरपालिकाले सार्वजनिक विदा दिएको जानकारी दिनुभयो । आजको दिन कमलामाई अन्र्तगतका सवै कार्यालयहरु बन्द रहने छन् ।

उहाँले नेपाली फौजले अंग्रेजलाई हराएको दिनको सम्झनामा विजय उत्सव मनाउने जानकारी दिदै विगतको जसरी भव्यताका साथ कार्यक्रम गरि दिवस नमनाईने जानकारी दिनुभयो ।

यस दिन सवै नेपाली नागरिकको लागि महान दिन भएको हुँदा सवैले आ–आफ्नो तरिकाले सिन्धुलीगढीमा जान सक्ने बताउनुभयो । कोरोनाको संक्रमण दर बढ्दो अवस्थामा रहेकाले नगरपालिकाले सामान्य तरिकामा औपचारीक रुपमा दिवस मनाइने हुँदा नेपाल सरकारले कोरोनाको संक्रमण फैलन नदिन जारी गरेका निर्देशनहरु पालना गर्न उहाँले आग्रह गर्नु भएको छ । वि.सं. २०६७ सालमा नेपाल पत्रकार महासंघ सिन्धुली शाखाले सिन्धुलीगढी विजय दिवस मनाउन सुरु गरेको थियो ।

Comment here