आर्थिकप्रदेशसमाचार

अनुदान रकम तिनपाटनमा अध्यक्ष र उपाध्यक्षद्धारा भागबण्डा

सिन्धुली, २३ कार्तिक २०७७

अलग राजनितिक दलका नेता चुनावि मैदानबाट तीनपाटन गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष पदमा निर्वाचन जिते । केही समय सम्म अध्यक्ष र उपाध्यक्षको टकरा रह्यो ।

विधि र प्रक्रियाबाट गाउँपालिकाको विकासमा समय खर्च गर्नु पर्ने अध्यक्ष कर्ण थापा र उपाध्यक्ष पदममाया तामाङ्गले अल्प मत र बुहमतका आधारमा राजनैतिक टकराव सिर्जना गरे । एकले अर्कालाई आरोप लगाउने र बुहमतको दम्ब देखाएर पेल्ने पेचिलो प्रवितृबाट गाउँपालिका बामे सर्दै गयो । गाउँको विकास र जनताको सेवा गर्छु भन्दै भोट मागेका ती व्यक्तिले आज आफुलाई लाभ हुने गरि योजना बनाउछन् भन्दा अपत्यार लाग्न सक्छ ।
सरकारको अनुदान रकम गाउँपलिकाका अध्यक्ष र उपाध्यक्षले आ–आफ्नो भागमा पारेर योजना बनाएको पाईएको छ । निति र विधि विपरित मिलेमतोमा आफुलाई लाभ हुने गरि उनीहरुले योजना बनाएका छन् । गाउँपालिका अध्यथ्क्ष थापाको भागमा ७ लाख र उपाध्यक्ष तामाङ्गको भागमा ५ लाख ५० हजार रुपैंयाको योजना बनाएका छन् ।

सरकारको समानीकरण अनुदान नगद रकम आफ्नो नाममा योजना बनएर दुवैंले एउटै वडामा वितरण गर्ने गरि योजना बनाएका छन् ।
संघिय सरकारको समानीकरण अनुदान नगद अन्र्तगतको ७ लाख रुपैंयामा गाउँपालिका अध्यक्ष कर्ण थापाले वडा नं. ११ मा रकम बाड्ने र बागमती प्रदेश सरकारको समानीकरण अनुदान नगद ५ लाख ५० हजार रुपैंया वडा नं. ११ मा नै वितरण गर्ने गरि योजना बनाईएको छ ।

सरकारको अनुदान रकममा निति विपरित आर्थिक बर्ष २०७७/०७८ का लागि गाउँपालिकाले छनौट गरेको गाउँपालिका स्तरिय योजनाको १९८ क्रम संख्यामा ‘पाईप सिमेन्ट वितरण उपाध्यक्ष ११’ र १९९ क्रम संख्यामा ‘ पाईप तथा सिमेन्ट खरिद वितरण अध्यक्ष ११’ नाम दिएको योजना बनाईएको छ । समान उद्धेश्य रहेका कार्यक्रम यति ठुलो रमकमा एउटै वडामा पार्नु र सरकारी अनुदान कार्यक्रम आफ्नो नाममा पार्नुले जनप्रतिनिधिले के गर्न खोजि रहेका छन् भन्ने प्रष्ट देखिएको छ ।

अझ सरकारले जनप्रतिनिधिले स्वार्थका लागि निति र विधि विपरित योजना बनाएर खर्च गर्न सक्छन् भन्दै नियमन गर्न प्रमुख प्रशासकिय अधिकृत पनि खटाएको छ । तर खटाएका व्यक्ति नै प्रलोभनमा परेर यसरि निति विपरित योजना पास गर्ने भूमीका खेल्नु दुःद पक्ष हो ।

Comment here