जीवन सैलीप्रदेशसमाचार

आयुर्वेद स्वास्थ्य केन्द्रद्धारा रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि वितरण

सिन्धुली, २१ कार्तिक २०७७

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीले रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेदिक औषधिहरु वितरण गर्दै आएको छ । कोरोना भाईरस (कोभिड–१९) को रोकथाम तथा न्युनिकरणको लागि आयुर्वेदिक औषधि वितरण गरेको हो ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीका सूचना अधिकारी दिपकराज तिमल्सिनाले कोरोना संक्रमितहरु र सिन्धुली अस्पताल संगै कोभिड १९ युनिट (आइसोलेसन भवन) मा रहेकालाई पनि आयुर्वेदिक औषधि वितरण गरिएको जाकारी दिनुभयो ।

आयुर्वेदिक औषधिहरु गुडुची चूर्ण, लक्ष्मीविलास रस, त्रिकटु चूर्ण, यष्ठिमधु, सितोपलादी चूर्ण, अश्वगन्धा चूर्ण, अविपत्तिकर चूर्ण लगाएतका औषधिहरुको  प्रयोग विधिबारे समेत लेखेर वितरण गरिएको उहाँको भनाई रहेको छ । रोग प्रतिरोधात्मक क्षमता बढाउन भिटामिन सि पाईने खानेकुराहरु खाने, गुर्जो, असुरो, तुलसिको पात, मरिचलाई आवश्यकता अनुसार पकाएर मह मिसाई चियाको रुपमा सेवन गर्न सकिने उहाँको भनाई छ ।

साथै घरेलु मसलाहरु लसुन, अदुवा, वेसार, मरिच, पिप्ला, जिरा, धनिया जस्ता मसलाहरुको नियमित रुपमा सेवन गर्नु पर्ने उहाँको सुझाव छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा रोग प्रतिरोधात्मक क्षमता बढाउने  औषधिहरु उपलब्ध रहेको उहाँको भनाई छ । यस्ता आयुर्वेदिक औषधिहरु कोरोना संक्रमण भएका तथा नभएका सवैले सेवन गर्न सक्ने छन् ।

 

Comment here