प्रदेशसमाचार

काठमाण्डौ लैजादै गरेको पटका बरामद गरि नष्ट

सिन्धुली, २० कार्तिक २०७७

इलाका प्रहरी कार्यालय भिमानले काठमाण्डौ लैजादै गरेको पटका बरामद गरि बिहीबार नष्ट गरेको छ । विहीबार दिउँसो लाहानबाट काठमाण्डौ जाँदै गरेको बा ५ ख ५२६८ नम्बरको हायसबाट प्रहरीले पटका बरामद गरि नष्ट गरेको हो ।

हायसको छतमा तीन वटा छुट्टा छुट्टै बोरामा लुकाई छिपाई ल्याईएको अवस्थामा प्रहरीले पटका बरामद गरि नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रञ्जु सिग्देलले जानकारी दिनुभयो । प्रहरीले उक्त हायसबाट रकेट ४ प्याकेट (ठुलो) , गमला ४ प्याकेट , फ्लाई स्टार ३ प्याकेट, चक्र १० प्याकेट, झिरझिरे ८ प्याकेट वरामद गरी जिल्ला प्रहरी कार्यालय सिन्धुलिमा ल्याई कार्यलय परिसर भित्र स्थानीय प्रतिनिधी समेतको रोहवरमा खाल्टो खनि नष्ट गरिएको उहाँले जानकारी दिनुभयो ।

चाडपर्वका वेला राजमार्ग भएर राजधानी र राजधानीबाट अन्य जिल्लाहरुमा अवैध सामानहरु ओसार प्रसार हुन सक्ने भन्दै प्रहरीले विपि राजमार्गमा चेकजाँचमा कडाई गरेको छ ।

Comment here