प्रदेशसमाचार

प्रहरीले पटका बरामद गरि नष्ट गर्यो

सिन्धुली, १९ कार्तिक २०७७

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले बुधबार पटका बरामद गरि नष्ट गरेको छ । विपि राजमार्ग अन्र्तगत कमलामाई नगरपालिका ४ हिरापानी चेकप्वाईन्टमा सवारी चेकचाँचका क्रममा पटका बरामद गरि नष्ट गरेको हो ।

चेकप्वाईन्टमा प्रहरी नायव निरिक्षक विदुर चन्द्र अधिकारीको कमाण्डमा खटिएको ५ जनाको चेकिङ टोलीले पटका बरामद गरेको थियो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले दिएको जानकारी अनुसार राजविराजवाट काठमाण्डौ जान लागेको वा ४ ख ५०६२ नं को हाईस चेकजाँच गर्ने क्रममा पटका बरामद गरिएको हो ।

हायसमा ल्याईएको नागिन पटाका ३ व्याण्डल, कोवरा पटाका ११ व्याण्डल गरी १४ व्याण्डल, विभिन्न साईजका गमला २० वट्टा, विभिन्न साईजको भुईचक्कर ५७ प्याकेट, झिरझिरे १५० प्याकेट, हाइड्रो चकलेट वम २० प्याकेट र आटिस वाजी फलाइन २ प्याकेट वरामद गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

हायसको छतबाट वेवासिसे अवस्थामा बरामद गरिएको पटका बुधबार दिउँसो स्थानिय जनप्रतिनिधीको रोहवरमा प्रहरी कार्यालयको परिसर भित्र खाल्टो खनि नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

Comment here