सिन्धुली, १८ कार्तिक २०७७
बैदेशिक रोजगारीमा ज्यान गुमाएकाको परिवारलाई युनिययन लाईफ इन्स्योरेन्स शाखा सिन्धुली मृत्यु दावि भुक्तानी गरेको छ ।
दुधौली नगरपाली ६ हर्षाहीका राम कुमार अधिकारी दनुवारको रोजगारीको शिलसिलामा विदेशमा नै मृत्यु भएपछि युनिययन लाईफ इन्स्योरेन्सले मृत्यु दावी भुक्तानी गरेको हो ।
उहाँकी श्रीमती सोमिन्त्रा कुमारी दनुवारलाई कार्यालयबाट मृत्यु दावी भुक्तानी गरेको युनिययन लाईफ इन्स्योरेन्स शाखा सिन्धुलीले जनाएको छ । बैदेशिक रोजगारीका लागि गएका रामकुमारको २०७७ साल अजोजमा रोजगारी कै शिलसिलामा विदेशमा नै मृत्यु भएको थियो ।
उहाँले बैदेशिक रोजगारीमा जाँदा युनियन लाईफ इन्स्योरेन्समा म्यादी विमा गर्नु भएको थियो । रोजगारीको शिलसिलामा नै विदेशमा ज्यान गुमाएका रामकुमारकी श्रीमती सोमिन्त्रालाई युनियन लाईफ इन्स्योरेन्स बागमती प्रदेश एरिया इन्चार्ज राजु श्रेष्ठले सोमबार १४ लाख रुपैंयाको चेक हस्तान्तरण गर्नु भएको छ ।
श्रैष्ठले वैदेशिक रोजगारीको सिलसिलामा आफ्नो मुलुक भन्दा बाहिर काम गर्ने क्रममा राम कुमार अधिकारी दनुवारको असमायिक निधन भएकोमा मृत आत्माको चिरशान्तिको कामना गर्दै सोकाकुल परिबर प्रति सहानुभुति व्यक्त गर्नु भएको छ । उहाँले रामकुमारको नजिकको हकदार श्रीमती सोमिन्त्रा कुमारीलाई कम्पनिको नियम अनुसार मृत्यु दावि भुक्तानी प्रदान गरेको बताउनुभयो ।
Comment here