प्रदेशसमाचार

जिल्लामा पहिलो पटक कोरोना संक्रमित एक महिलाको मृत्यु

सिन्धुली, १७ कार्तिक २०७७

सिन्धुलीमा कोरोना भाईरस (कोभिड–९ ) को संक्रमणका कारण एक महिलाको मृत्यु भएको छ । जिल्लामा कोरोना पोजेटिभ भई मृत्यु भएको यो पहिलो घटना हो ।

सिन्धुली अस्पतालका अनुसार कमलामाई नगरपालिका वडा नं. ६ की ८३ वर्षिय महिलाको उपचारका क्रममा आईतबार साँझ मृत्यु भएको हो । उच्च ज्वरो र स्वास प्रस्वासमा समस्या उनलाई परिवारले उपचारका लागि धुलिखेल अस्पताल लगेकोमा अस्पतालले उपचार सम्भव नभएपछि फिर्ता पठाएको थियो । शनिबार राती सिन्धुली अस्पतालमा भर्ना गरिएकी महिलाको आईतबार साँझ मृत्यु भएको हो ।

मृत्यु पछि नेपाली सेनाको बर्दबहादुर गण्ले कमलामाई नगरपालिका वडा नं. ७ को बुका पुल नजिकै व्यवस्थापन गरेको छ ।

 

Comment here