जीवन सैलीप्रदेशसमाचार

चितवनका अधिवक्ता वस्तीको कोरोना संक्रमणले निधन

शिशिर सिंखडा,

चितवन, १६ कार्तिक / कोरोना संक्रमणका कारण चितवनका अधिवक्ता सुदिप वस्तीको निधन भएको छ । प्रोष्टेड क्यान्सर तथा नसा रोगबाट पीडित अधिवक्ता वस्तीको ५९ बर्षको उमेरमा निधन भएको हो ।

भरतपुर १०, दुरसंचार रोड निवासी अधिवक्ता वस्ती काठमाडौंमा प्रोष्टेड क्यान्सर तथा नसा रोगको उपचार गरि रहनु भएको थियो । उपचारको क्रममा उहाँलाई १ हप्ता अगाडि कोरोना पोजेटिभ देखिएको र उहाँको उपचारकै क्रममा मृत्यु भएको उहाँका भाइ अधिवक्ता गजेन्द्र वस्तीले जानकारी दिनु भयो ।

नेपाल बार यसोसियसन चितवनका सदस्य समेत रहनु भएका वस्ती विभिन्न सामाजिक सस्था हरुमा समेत आबद्ध हुनुहुन्थ्यो । उहाँको श्रीमती, १ छोरा र १ छोरी रहनु भएको छ ।

Comment here