प्रदेशसमाचार

फिक्कलले गाउँ घरमै पुगेर भत्ता बाढ्दै

सिन्धुली, ६ असोज २०७७

सिन्धुलीको फिक्कल गाउँपालिकाले गाउँ घरमा नै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । कोरोना भाईरस (कोभिड–१९) कोसंक्रमा फैलन सक्ने भन्दै गाउँपालिकाले गाउँ घरमा नै पुगेर भत्ता वितरण गर्ने अभियान चलाएको हो ।

भौगोलिक विकटताका कारण बैंक सम्म पुगेर जेष्ठ नागरिकहरुलाई भत्ता लिन समस्या भएको र कोरोनाको संक्रमण फैलन सक्ने दुवै अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले गाउँ घरमा नै पुगेर भत्ता वितरण गर्दै आएको उपाध्यक्ष पार्वती सुनुवारले बताउनुभयो।

गाउँपालिकाका १२ सय भन्दा बढी सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिहरु रहनु भएको छ उहाँले भन्नुभयो बैंकले समयमा नै पैसा दिन नसक्दा सामाजिक सुरक्षा भत्ता वितरणमा केही ढिलाई भएको हो । गाउँपालिकाले हाल सम्म ५ र ६ नम्बर वडाका सामाजिक सुरक्षा भक्ता प्राप्त गर्ने लाभग्राहीहरुले भक्ता बुझि सकेको र वडा नं. १, ३, ४ मा वितरण भै रहेको उहाँले जानकारी दिनुभयो । वडा कार्यालय मार्फत भत्ता वितरण गरिदै आएको भएपनि गाउँपालिको यसको आवश्यक अनुगमन पनि गरि रहेको उहाँको भनाई छ ।

Comment here