आर्थिकप्रदेशसमाचार

करदाता सेवा कार्यालय सिन्धुलीले सेवा सुरु गर्यो

सिन्धुली, ४ कार्तिक २०७७

सिन्धुलीमा स्थापना गरिएको करदाता सेवा कार्यालयले दशै पछि सेवा सुचार गर्ने भनिएपनि आजबाट सेवा सुरु गरेको छ ।

कर दाता सेवा कार्यालय सिन्धुलीका कर अधिकृत चन्द्र दाहालले कार्यालयको आवश्यक तयारी भएपछि सेवा सुरु गरिएको जानकारी दिनुभयो । करदताहरुमा दशै पछि सेवा सुचारु हुने भन्ने गलत सूचना प्रवाह भएको भन्दै उत्तः सूचनामा भर नपरि भोली देखी करदाताहरुलाई कार्यालयमा उपस्थित भई सेवा लिन आग्रह गर्नुभयो ।

कार्यालयबाट कर संकलन तथा करदाताहरुको सम्पुर्ण कर्या गर्ने भएकाले सवै सेवा सुचारु भएको अवस्थामा समयमा नै कर तिर्न र करको दायरामा आउन आग्रह गर्नुभयो । जिल्लाका ७ हजार २०० करदाताले बर्दिबासबाट कर तिर्दै आएकोमा अव यसै कार्यालयबाट कर तथा सम्पुर्ण सेवा लिन सक्ने बताउनुभयो ।

३७ किलोमिटर टाढा गएर कर तिर्दै आएका करदाताहरुको अव समय बचत हुनुका साथै सहजताका साथ कर तिर्न र दर्ता गर्न सक्ने उहाँको भनाई रहेको छ ।

जिल्लामा करदाता कार्यालय स्थापना पछि करदातअरुलाई सुविधा मिलेको उद्योग बाणिज्य संघ सिन्धुलीका अध्यक्ष अम्रेशचन्दै बैदारले बताउनुभयो । विगतका दिनमा पनि कर कार्यालयसंग समन्वय गरि जिल्लामा करदाताहरुलाई सहजता दिन उद्योग बाणिज्य संगले जिल्लामा नै कर संकलन गर्दै आएकोमा अव त्यस्ता शिविरहरु अन्त्य हुने विश्वाास व्यक्त गर्नुभयो । सेवा सुभारम्भ भएकोमा निजि क्षेले स्वगात गर्न चाहेको उहाँले बताउनुभयो ।

Comment here