गण्डकीप्रदेशसमाचार

सर्वसाधारणका लागि पार्क खुल्ला

सिन्धुली, ३ कार्तिक २०७७

कमलामाई नगरपालिकाले निमार्ण गरेको पार्क आज साँझबाट सर्वसाधारणका लागि खुल्ला गरेको छ । निर्माणाधिन पार्कमा सर्वसाधारणको चासो बढेपछि सर्वसाधारणका लागि खुल्ला गरेको हो ।

पार्ककको नामाकरण र प्रवेश शुल्क निर्धारण गर्न बाँकी रहेको मेयर खड्गबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँले पार्कमा विश्वेश्वरप्रसाद कोईराला र पुष्पलाल श्रेष्ठको शालिक स्थापना गरिएको जानकारी दिनुभयो । साथै पानीका फोहोराहरु पनि निर्माण गरिएको जानकारी दिनुभयो ।

कमलामाई नगरपालिकाको झण्डै ३० लाखको लागतमा निर्माणधिन पार्कमा झण्डोतोलन गर्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो । पार्क सर्वसाधारणका लागि खुल्ला गर्दै उहाँले चाडपर्व घरमा नै सुरक्षित तरिकाले मनाउन आग्रह गर्नुभयो ।

Comment here