प्रदेशसमाचार

घरेलु मदिरा नष्ट

सिन्धुली, ३ कार्तिक २०७७

जिल्ला प्रहरी कार्यालय परिसरमा आज अवैध घरेलु मदिरा नष्ट गरिएको छ । कमलामाई नगरपालिका ४ ढुङग्रेबासका घर तथा होटलहरुबाट मदिरा बरामद गरि नष्ट गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरक्षिक रञ्जु सिग्देलले प्रहरीको टोलीले चेकजांच गर्ने क्रममा घर तथा होटलबाट अबैध कच्चा पदार्थ र मदिरा बरामद गरेको जानकारी दिनुभयो ।

३४५ लिटर अबैध मदिरा बरामद गरी स्थानीय प्रतिनिधि समेतको रोहबरमा खाल्डो खनि नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

Comment here