प्रदेशसमाचार

दुम्जाबाट लागु औषध सहित दुई पक्राउ

सिन्धुली २ कार्तिक २०७७

सिन्धुलीको सुनकोशी गाउँपालिका १ दुम्जाबाट दुई जना लागु औषध सहित पक्राउ परेका छन् । सुमोमा काठमाण्डौ जाँदै गरेका दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार शनिबार दिउँसो बर्दिवास बाट काठमाण्डौ तर्फ जादै गरेको ना.१ ज. ६८१७ नम्बरको सुमो गाडी चेकजाँच गर्ने क्रममा गाडीमा सवार दुईजनालाई लागु औषध सहित पक्राउ गरिीको हो ।

पक्राउ पर्नेमा रौतहट चन्द्रपुर नगरपालिकाका ३ का ३१ बर्षिय राजेश राम र २९ बर्षका राम अयोध्या राम रहेका छन् । भिर्ने झोला भित्र नाईट्रोभेट ५० पत्ता १५०० पिस ,एम्पुल–डाईजोपाम ८२५ पिस, नोर्फिन ९२६ पिस , फिनारगन ८०६ पिस गरी जम्मा ४०५७ पिस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

Comment here