जीवन सैलीप्रदेशसमाचार

मालपोत कार्यालय सिन्धुलीका सूचना अधिकारी दाहाल कोरोनामुक्त

सिन्धुली, २ कार्तिक २०७७

मालपोत कार्यालय सिन्धुलीका नायव सुब्बा एवं सूचना अधिकारी पुरुषोत्तम दाहाल कोभिड–१९ (कोरोना भाईस) संक्रमण मुक्त हुनु भएको छ । जनस्वास्थ्य प्रयोगशाला धुलिखेल काभ्रे बाट आज प्राप्त रिपोर्ट अनुसार दाहाल कोरोना मुक्त हुनु भएको हो ।

आज प्राप्त भएको रिपोर्टसंगै परिवारले समेत कोरोना संक्रमणबाट मुक्ति पाएको उहाँले जानकारी दिनुभयो । नेपाल निजामती कर्मचारी संगठन सिन्धुलीका अध्यक्ष समेत रहनु भएका पुरूषोत्तम दाहाल गत असोज १५ गतेबाट कोरोना संक्रमित भएपछि होम आईसोलेसनमा सिन्धुली अस्पतालको निगरानीमा बस्दै आउनुभएको थियो ।

कोरोना संक्रमण आफुमा पुष्टि भए पनि कोरोनाका कुनै लक्षण देखा नपरि आफुले भाईरसलाई जितेको बताउनुभयो । सरोकार खबरसंग कुराकानी गर्दै उच्च मनोवल र सावधानीले कोरोना जित्न सकिने भन्दै उहाँले रोगी भन्दा पनि रोगलाई घृणा गर्दै सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गर्नुभयो ।

कोरोना मुक्त भएपछि सोमबार बाट नियमीत काममा फर्कने उहाँले जानकारी दिनुभयो । कोरोना संक्रमित भएपछि स्वास्थ्य लाभको कामना गर्नुहुने शुभेच्छुक सबैलाई उहाँले धन्यवाद ज्ञापन गर्नु भएको छ ।

Comment here