जीवन सैलीप्रदेशसमाचार

सहकार्य नेपालद्धारा आइसोलेसन भवनलाई १० वटा वेड हस्तान्तरण

सिन्धुली, १ कार्तिक २०७७

सहकार्य नेपालले सिन्धुलीको कमलामाई नगरपालिका ६ शिवनगरमा निर्माणाधिन आइसोलेसन भवनलाई १० वटा वेड हस्तान्तरण गरेको छ ।
सहकार्य नेपालका उपाध्यक्ष सिरमला तामाङ्गले आइसोलेसन भवन निर्माण समितिका अध्यक्ष अषोक श्रेष्ठलाई हस्तान्तरण गर्नु भएको हो ।
उपाध्यक्ष तामाङ्गले ५० वेडको आइसोलेसन भवनमा वेडको अभाव भएको र केही समस्या समाधान गर्न सहकार्य नेपालले वेड हस्तान्तरण गरेको बताउदै यस वेड हस्तान्तरण गर्ने कार्यमा आर्थिक सहयोग गर्नु हुने केयर नेपाललाई उहाँले धन्यवाद दिनुभयो । जिल्लामा कोभिड–१९ बाट संक्रमण भएका विरामीहरुको उपचारका लागि निर्माणाधिन ५० वेडको आइसोलेसन भवनलाई आवश्यक पर्ने स्वास्थ्य सामाग्रि सहकार्य नेपालले सकेको सहयोग गर्ने बताउनुभयो ।

केयर नेपालको आर्थिक सहयोगमा सहकार्य नेपालद्धारा सञ्चालित सम्मान परियोजना अन्र्तगत आइसोलेसन भवनका लागि वेड हस्तान्तरण गरिएको कार्यक्रम संयोजक सकुन्तला थिङ्गले जानकारी दिनुभयो । केयर नेपालको आर्थिक सहयोगमा १ लाख ८९ हजार बराबरको वेड आइसोलेसन भवनलाई हस्तान्तरण गरिएको उहाँले जानकारी दिनुभयो ।

Comment here