प्रदेशसमाचार

सिन्धुलीका शक्तिपिठमा नित्य पूजा बाहेक दर्शनमा निषेधाज्ञा

सिन्धुली, १ कार्तिक २०७७

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले शक्तिपिठ तथा मन्दिरहरुमा नित्य पूजा बाहेक दर्शनका लागि निषेधाज्ञा लगाएको छ ।

प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले आज एक सूचना जारी गर्दै शक्ति पिठहरुमा पूजा बाहेक दर्शनमा निषेधाज्ञा लगाईएको जानकारी गराउनु भएको हो ।

नजिकिदै गरेको नेपालीहरुको महान चाड वडा दशैको घटस्थापना देखी नवमी सम्म शक्तिपिठ तथा मन्दिरहरुमा भिडभाड हुने भएकाले कोरोनाको संक्रमण बढ्ने सम्भावनालाई मध्यनजर गर्दै दर्शन गर्न सर्वसाधारणका लागि निषेधाज्ञा लगाएको सूचनामा उल्लेख गरिएको छ ।
सूचना मार्फत प्रमुख जिल्ला अधिकारी पाण्डेले कोभिड–१९ को संक्रमण जोखिम न्यूनीकरण गरी सर्वसाधारणहरुको स्वास्थ्य हितमा सहयोग पु¥याउन सरोकारवालाहरुलाई उहाँले अनुरोध गर्नु भएको छ ।

Comment here