प्रदेशसमाचार

पुष्पा भुजेललेको हत्यारालाई कारबाही गर्न माग गर्दै प्रदर्शन

सिन्धुली ३० असोज २०७७

सिन्धुलीको चियाबारी घटना रहस्यमय बनेको छ । चियाबारीमा घरमा नै पुष्पा भुजेलले आत्महत्या गरेको भनिएता पनि माइति पक्षले अस्वीकार गर्दै आएका छन् । पुष्पालाई सुनियोजित रुपमा मारिएको र आत्माहत्या गरेको भनि षड्यन्त्र रचिएको भन्दै घटनाको निष्पक्ष छानविन गर्न पीडित पक्षहरुले सिन्धुलीमाढीमा प्रदर्शन गरेका छन् ।

पुष्पाको आत्महत्या भनिएको घटनालाई सिन्धुली प्रहरीले आत्महत्यानैं सावित गराउने षडयन्त्र गर्न थालेको आशंकामा बिहीबार उनीहरुको कोरोना संक्रमणको प्रवाह नगरी प्रदर्शन गर्नुपरेको बताएका छन् । प्रदर्शनमा न्याय चाहियो सरकार ! हत्यालाई आत्म हत्या सावित गराउने षडयन्त्र नगरियोस् ! जस्ता प्लेकार्डहरु प्रदर्शनकारीले बोकेका छन् ।

गत असोज १५ गते राती सिन्धुलीको चियावारी स्थित आफ्नै घरमा सलको पासो लगाई आत्महत्या गरिएको भनिएको थियो । घटना स्थलको अबस्था, माइती पक्षलाई अनुहार हेर्नसम्म नदिइनु, पोष्ट मार्टम गर्न नखोज्नु र श्रीमानको जीउमा नङले कोतरिएका डामहरु देखिएपछि आफन्तजनले पुष्पाको मृत्यु प्रकरणलाई हत्यानैं भएको बताउँदै आएका छन् ।

Comment here