प्रदेशसमाचार

पुल निर्माण गर्न दिपक पोख्रेलको अध्यक्षतामा निर्माण समिति गठन

सिन्धुली, २७ असोज २०७७

विपि राजमार्ग २ नं. गेट हुदै फाट, रायडिही, बराल्डीही, ढकालगाउँ, सातपत्रे, नयाँ बस्ति, देउराली जाने ग्वाङ्ग खोलामा पुल निर्माणमा पहल गर्न दिपक पोख्रेलको अध्यक्षतामा नौ सदसिय एक समिति गठन गरिएको छ ।

आज उपभोक्ताहरुको भेलाले निर्माण समिति गठन गरेको हो । जसमा सचिव रेशमबहादुर पोख्रेल, कोषाध्यक्ष जानुका श्रेष्ठ, सदस्यहरुमा कल्पना परियार, हिरा विश्वकर्मा, सन्तोष बुढाथोकी, नबिनबाबु अधिकारी, अनिल भण्डारी, सिंहबहादुर भुजेल रहनु भएको छ ।

यस्तै सल्लाहकार समितिमा माणीक ढकाल, जनक कुमार ढकाल, उपेन्द्र कुमार पोख्रेल, शेरबहादुर तामाङ्ग, धू्वकुमार पोख्रेल, सन्तोषकुमार बोहोरा, हरि बस्नेतल, लक्षमण बस्नेत, बालकृष्ण थापा, कविन्द्र गौतम, महनप्रसाद गौतम चयन हुनु भएको छ ।

समितिले विपि राजमार्गको दुई नं. गेट हुदै फाट, बराल्डिकी, रायडिही, सातपत्रे जान ग्वाङ खोलामा हीयुम पाईप विछ्याएर सवारी साधन आवागमन गर्दै आएकोमा बर्षातका वेला बढी बगाई हरेक बर्ष समस्या सिर्जना भएको हुँदा उक्त स्थानमा दिगो समाधानका लागि अवश्यक पहल गर्दै दीर्घकालीन संरचना बनाउने बताईएको छ ।

भेलामा नेपाली कांग्रेसका नेता माणिक ढकाल, उपेन्द्र पोख्रेलले यस स्थानमा पक्कि पुलको आवश्यकता भएको र यहाँको विकासका लागि आफुले गर्न सक्ने पहल गर्ने बताउनुभयो ।

बर्षातको समयमा स्वास्थ्य उपचार गर्न जान पनि समस्या भएको भन्दै उक्त स्थलमा हिउद बर्षा सधैं आवत जावत गर्न सक्ने संरचनाको निर्माण गर्न स्थानीय बासिन्दाहरुले माग गरेका छन् । हरेक बर्ष समसइा दोहोरि रहेको बन्दै आवश्यक बजेट विनियोजन गरि पुल नर्मिाण गरिदिन स्थानीयले प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य, स्थानीइ सरकार लगाएत सरोकारवालाहरुलाई आग्रह गरेका छन् ।

निर्माण समितिको पूर्ण बैठकले पुल निर्माण गर्नका लागि आवश्यक बजेट सम्बन्धित निकायमा माग गर्ने तथा स्थानीय उपभोक्ताबाट रकम संकलन गरि जिम्मेवार निकायहरुलाई पुल निर्माण गरिदिन अनुरोध गर्ने र पहल गरिने समितिका सचिव रेशम पोख्रेलले जानकारी दिनुभयो ।

समितिको तत्कालै बैठक बस्ने र पक्कि पुल, वेली व्रिज तथा कल्भट कुन संरचना निर्माण गर्न सकिन्छ भनि निर्णय गर्ने उहाँको भनाई छ । यस कार्यमा सम्पुर्ण स्थानीय बासि, राजनैतिक दल, समाजसेवी, बुद्धिजिबीहरुमा सहयोग गर्न उहाँले आग्रह गर्नु भएको छ ।

Comment here