प्रदेशसमाचार

गोलन्जोर २ का वडा अध्यक्ष कार्कीको कुटाईबाट एकको अबस्था गंभीर

सिन्धुली २६ असोज २०७७
गोलन्जोर गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष दौलत कार्कीले स्थानीय ३८ वर्षीय धुब्र कार्कीलाई निर्घात कुटपीटगरी मरणासन्न बनाएका छन् ।

राती घरमैं बसिरहेका कार्कीलाई वडाध्यक्ष दौलतले मरणासन्न हुनेगरी कुटपीट गरेपछि उहाँलाई उपचारका लागि काठमाडौ स्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको श्रीमती गिता कार्कीले जानकारी दिनुभयो ।

श्रीमानलाई कुटपिट गरि मरणासन्न अवस्थामा बनाउने दौलत कार्कीलाई पक्राउगरी कानूनी कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा आइतबार अध्यान्ह जाहेरी दर्ता गर्नु भएको छ ।

नेकपामा आवद्ध कार्की स्थानीय हेमवहादुर ठकुरीको घरमा लगाइएको पुजामा सरिक भएका थिए । सोही क्रममा वडा अध्यक्षसँग विकास निर्माणको विषयलाई लिएर भनाभन भएपछि उनीमाथि आक्रमण भएको प्रत्यक्ष दर्शीले बताएका छन् ।

घटना संक्षिप्त विवरण
शनिबार हेमवहादुर ठकुरीको घरमा पुजा लगाईएको थियो । उक्त पुजामा स्थानीयहरुको सहभागित रहेको थियो । तर त्यहा वडा अध्यक्ष दौलत कार्की भने पुगेका थिएनन् । पुजामा सहभागिहरुले गाउँपालिकामा पनि कोरोनाको संक्रमण फैलन सक्ने भन्दै सवैले सावधानी अप्नाउनु पर्ने बा बाहिरबाट आएकालाई क्वारेन्टाइनमा राख्नु पर्ने भनाई आई रहेको थियो । त्यसै वेला ध्रुब कार्कीले गाउँपालिकाका केही कर्मचारीमा कोरोना संक्रमण भएको भन्ने सुनिएको छ । केही दिन अघि गाउँपालिका गएका व्यक्तिहरु केही दिनका लागि क्वारेन्टाइनमा बस्नु पर्ने धारणा राख्नु भयो ।
जनप्रतिनिधिहरुलाई पनि क्वारेन्टाइनमा राख्नु पर्ने अरुले पनि बताए । एक ठाउ देखी अर्को ठाउ सम्म हिडडुल गरि रहेकाले वडा अध्यक्ष देखी सवै जनप्रतिनिधि क्वारेन्टाइनमा बस्नु पर्ने आवाज उठ्यो । उक्त आवाज दौलत कार्कीकी श्रीमतिले सुन्नुभयो र श्रीमानलाई धु्रबले क्वारेन्टाइनमा तपाईलाई राख्नु पर्दछ भन्दै पुजामा गरेको कुरा सुनाईदिनु भयो ।
विगत देखी पटक–पटक विवाद र विवाद पछि सम्झौता गर्दै आएका धु्रव र दौलत नाता जाजु भाई हुन । श्रीमतीको कुरा सुनेर रिसले चुर भएका दौलतले धु्रबकी श्रीमती गितासंग भनाभन गरे । त्यस पछि दौलतले धु्रवको खोजी गरे र कुटपिट गरे । दौलतको कुटाईबाट वेहोस भएका धु्रवलाई स्थानीयले घटना सथलबाट उद्धार गरि शुव जीवन अस्पतालमा लगे । राती नै पु¥याईएपनि धु्रवको आँखा नजिक, टाउको र छातीमा चोट लागेको भन्दै अस्पतालमा उपचार हुन नसकेपछि अस्पतालले रिफर गरिदियो । धू्रवलाई उपचारको लागि काठमाडौ स्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको छ । वडा अध्यक्ष दौलत कार्कीलाई कानुनी कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा शनिबार धु्रवकी श्रीमती गिता र्काीले जाहेरी दिनु भएको छ ।

Comment here