प्रदेशबागमतिसमाचार

रक्तमाला मन्दिर परिसरमा सरसफाई गरियो

सिन्धुली, २४ असोज २०७७

सिन्धुलीको कमलामाई नगरपालिका ४ मा रहेको रक्तमाला मन्रि परिसरमा शनिबार सरसफाई गरिएको छ । मन्दिर परिसरमा रोटर्याक्ट क्लब सिन्धुली गढिले सरसफाई गरेको हो ।

क्लवले सार्वजनिक स्थलहरुको सरसफाई गर्दै सामाजिक सेवामा युवाहरुलाई लाग्न उत्प्ररित गर्ने उद्धेश्यले मन्दिर परिसरमा सरसफाई गरिएको क्लवका अध्यक्ष सुजिता खड्काले जानकारी दिनुभयो । सामाजिक महत्व बोकेका स्थलहरुको सरसफाई र संरक्ष्णमा स्थानीय स्तरका युवाहरुमा चासो जगाउन यस स्थलको सरसफाई गरिएको उहाँको भनाई रहेको छ । उहाँले क्लवले आयोजना गरेको सरसफाई कार्यक्रममा सहभागि भई हौसल्ला प्रदान गर्नु हुने सवैमा धन्यवाद दिनुभयो ।

सरसफाई कार्यक्रममा साइकल क्लब सिन्धुली र सामुदायिक प्रहरी सेवा केन्द्र सिन्धुलीले पनि साथ दिएको अध्यक्ष सुजिता खड्काले जानकारी दिनुभयो । कमलामाइ ४ का वडा अध्यक्ष एबम रक्तमाला मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष महेन्द्र ढकालले बडा दशैंको पुर्ब सन्ध्यामा रक्तमाला मन्दिर सरसफाई कार्यक्रम आयोजना गरेर युवाहरूले गरेको सहयोग धन्यवाद दिनुभयो ।

Comment here