जीवन सैलीप्रदेशसमाचार

लोकप्रिय र भरपर्दो बन्दै सायना प्रेस

सिन्धुली, २३ असोज २०७७

सिन्धुलीको मरिण गाउँपालिकामा परिवार नियोजनको अस्थायि साधन मध्येको सायना प्रेस कार्यक्रम प्रभावकारी भएको पाईएको छ । गाउँपालिका अध्यक्ष पानिराज बम्जनको अध्यक्षतामा भएको छलफलमा सायना प्रेस प्रभावकारी भएको पाईएको हो ।

महिलाहरुले प्रयोग गर्ने परिवार नियोजनको अस्थायि साधन डिपोको तुलनामा १२ प्रतिशत बढिले सायना प्रेस प्रयोग गर्ने गरेका छन् । मरिण गाउँपालिकाको कपिलाकोट र महादेवस्थानमा नेपाल सरकारको अगुवाईमा युके–एडको सहयोगमा आईपास नेपालले सायना प्रेस सञ्चालन गरि रहेको छ ।

सायना प्रेस एक प्रकारको परिवार नियोजनको साधान हो । यसको प्रयोगकर्ता भनेको महिलाहरु नै हुन् । विश्वका ४३ भन्दा बढी देशहरुले यसको प्रयोग गर्दै आई रहेका छन् । नेपाल सरकारबाट स्वीकृत भई तोकिएका स्वास्थ्य संस्था मार्फत स्वासथ्य सेवा प्रदायकहरुबाट सेवा प्रदान भै रहेको छ । उक्त सायना प्रेस, प्रयोगकर्ताहरुले हाल सम्म धेरै रुचाएको पाईएको कार्यक्रम तथा अनुसन्धान अधिकृत अमुल श्रेष्ठले छलफल कार्यक्रममा जानकारी दिनुभयो ।

मरिण गाउँपालिका अध्यक्ष पानिराज बम्जनको अध्यक्षता तथा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मधु लाखे लगाएत सरोकारवालाहरुलाई सायना प्रेस कार्यक्रमको अनुसन्धन पश्चात आएको प्रारम्भिक तथ्याङ्कका बारेमा परियोजना अधिकृत श्रेष्ठले जानकारी गराउनु भएको छ ।
उहाँले सिन्धुली र नवलपुर जिल्लामा गरिएको सर्वेक्षणमा १ हजार ११२ जनाले सहभागि भएको र जस मध्ये ७० प्रतिशतले सायना प्रेस लगाउने प्रयोगकर्ता रहेको तथ्याङ्क सार्वजनिक गर्नु भएको थियो । डिपो र सायना प्रेसको अध्ययन गर्दा महिलाहरुले बढी सायना प्रेसलाई रुचाएको पाइएको छ । सहभागि मध्ये १८७ जनाले आफैले सायना प्रेस लगाउन सक्ने बताएको र अरुले नसक्ने हुँदा सेवा प्रदायक आवश्यक रहेको बताए । सिन्धुली जिल्लामा ७ वटा स्वास्थ्य संस्थामा सेवा प्रदायकबाट सेवा प्रदान गरि रहेको छ ।

यस सायना प्रेस स्वयम प्रयोगकर्ता आफैले लगाउन सक्ने गरि बनाईएको परियोजना अधिकृत श्रेष्ठले जानकारी दिनुभयो । तर यसलाई नेपाल सरकारले सेवा प्रदायक मार्फत मात्र सेवा दिनु पर्ने भएकाले हामीले स्वास्थ्य सेवा प्रदायकबाट मात्र सेवा प्रदान गरि रहेको छौ उहाँले भन्नुभयो । दुखाई कम हुने, र कम एमजिको (१०४ डिएमपिए ) हुँदा प्रयोगकर्ताहरुले आफुहरुले प्रयोग गरेको बताएको उहाँको भनाई छ ।

सायना प्रेसको निडिल छोटो हुँदा कम दुखाई हुने, आफैले तिघ्रा, पाखुरा र पेटमा लगाउन सकिने हुँदा स्वास्थ्य संस्था सम्म जानु पर्ने झण्झटबाट मुक्त हुने हुँदा कोरोना लगाएतका अन्य महामारिमा पनि यो प्रभावकारी हुन सक्ने सेवा प्रदायकहरुले बताएका छन् ।

गाउँपालिका अध्यक्ष बम्जनले, प्रतिबेदनले यो सायना प्रेस भन्ने परिवार नियोजनाको साधन प्रभावकारि भएको बताएकाले यसको गाउँपालिकाले आवश्यक अनुगमन गर्ने बताउनुभयो । स्वास्थ्य शाखाका कर्मचारीहरुले आवश्यक अध्ययन गर्ने र यसको सेवा विस्तार गर्ने पक्षमा मरिण गाउँपालिका भएको उहाँले बताउनुभयो ।

अध्यक्ष बमजनले कोरोनाको महामारिमा सायना प्रेसका सेवाग्राहीले सेवा लिई रहेको पाएको बताउनुभयो । आफैले यसको प्रयोग गर्न सक्ने हुदा समय र पैसा दुवैको बचत हुने बताउनुभयो । परिवार नियोजनको साधन प्रयोग गर्न कै निम्ति घर छाडेर स्वास्थ्य संस्था सम्म जाने समय बचत हुने भएकाले सायना प्रेसलाई आफैले इन्जेक्सन लगाउनका लागि पनि अध्ययन गर्नु पर्नेमा उहाँले जोड दिनुभयो ।
प्रयोगकर्ताहरुले रुचाएकाले गाउँपालिकाका सवै स्वास्थ्य संस्थामा तथा दुर्गभ क्षेत्रहरुमा पनि सायना प्रेसको उपलब्धता गराउन आवश्यक रहेको बताउनुभयो ।

अन्य परिवार नियोजनका साधनमा हुने औषधिको मात्रा भन्दा यसमा कम हुने, दुखाई कम हुने र आफैले पनि लगाउन सकिने हुँदा यो प्रभावकारी भएको बताउदै सहभागिहरुले अन्य वडामा समेत यसको सेवा विस्तार गर्न माग गरेका छन् । उनीहरुले सायना प्रेसको प्रयोग बारे गरिएको अध्ययनका बारेमा सवैलाई जानकारी गराउदै सवै स्वास्थ्य संस्था मार्फत सायना प्रेस लगाउन स्थानीय सरकारले चासो दिनु पर्ने बताएका थिए ।

आइपास नेपाल सिन्धुलीका अनुसन्धान कार्यक्रम अधिकृत अमुल श्रेष्ठका अनुसार सायना प्रेस कार्यक्रम सञ्चालन भै रहेको कमलामाई नगरपालिकाको भिमान स्वास्थ्य चौकी, रानीचुरी स्वास्थ्य चौकी, संस्थागत क्लिनिक, शिद्धेश्वर स्वास्थ्य चौकी, भद्रकाली स्वास्थ्य चौकी, मरिण गाउँपालिकाको कपिलाकोट प्राथामिक स्वास्थ्य केन्द्र, महादेवस्थान स्वास्थ्य चौकीबाट आइपास नेपालले उक्त सेवा प्रदान गरि रहेको छ ।

नेपाल सरकारको अगुवाईमा युके–एडको सहयोग र आईपास नेपालको प्राविधिक सहयोगमा भएको सायना प्रेस कार्यक्रमको अध्ययन पश्चात आएको प्रारम्भिक तथ्याङ्कक विश्लेषण बारे स्थानीय सरकारहरु र सरोकारवाला निकायलाई जानकारी गराईएको बताईएको छ ।

Comment here