प्रदेशसमाचार

दुधौलीमा कार्तिक १ गते सम्म सवै सेवा प्रवाह बन्द हुने

सिन्धुली, २२ असोज २०७७

दुधौली नगरपालिकामा सेवा प्रदायक सवै कार्यालय तथा संस्थाहरु कार्तिक १ गते सम्म बन्द गरिएको छ । दुधौलीमा पनि कोरोना संक्रमण हुनेको संख्या बढेको भन्दै बन्द गरिएको हो ।

दुधौली नगरपालिकाका निमित्त पमुख प्रशासकीय अधिकृत पदमसिंह बिष्टले आज एक सूचना जारी गर्दै कार्तिक १ गते सम्म दुधौली नगरपालिका, वडा कार्यालयहरु, सरकारी तथा गैर सरकारी कार्यालयहरु, सरकारी तथा निजि विद्यालयहरु, बैंक तथा वित्तिय संस्थाबाट प्रदान गरिने सवै सेवा बन्द गरिएका जानकारी गराएको छ ।

कोरोनाको संक्रमण अत्याधिक रुपमा बढेको अवस्थामा यसको रोकथाम तथा नियन्त्रणका लागि सम्पूर्ण सेवाहरु बन्द गरेको दुधौली नगरपालिकाका मेयर घनश्याम राउतले जानकारी दिनुभयो । उहाँले अनिवार्य रुपमा मास्को प्रयोग गर्न, सामाजिक दुरी कायम गर्न र अति आवश्यक काम बाहेक हिडडुल नगर्न नगरबासिमा आग्रह गर्नु भएको छ । सेञ्चुरी बैंक दुधौलीमा कार्यरत ५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

Comment here