जीवन सैलीप्रदेशबिचार

कोरोना : भ्रम र यथार्थ,कता जादैछ मेरो समाज ?

‘ हेलो पुरुषोत्तम जी, तपाईको अहिलेको अवस्था भन्नु त ?’
‘ श्वास फेर्न गाह्रो हुन्छ रे, सुत्ता ध्यान पु¥याउनु है ’
‘ ल बर्बाद भई गएछनी राम ! राम ! अलग्गै बस्नु है ’
‘ मेडम र नानीहरुलाई चै जोगाउनु है, तपाईलाई त खत्तम पारिगएछ नि ’
‘त्यो त कोरोना लागेको मान्छेको घर हो रे, यतैवाट फर्किउ ’त्यता तिर बाट नजाउ ’

यी माथिको केही मोवाइल संवादका अंशहरु र टोलमा व्यक्त गरिएका अभिव्यक्तिहरु हुन् । यस्ता शिलशिला असोज १५ गते देखि हालसम्म निरन्तर चलिरहेकै छ , सुन्नुपरेकै छ । मानौ मलाई त्यस्तो रोग लाग्यो अव म चाडै चितामाथि चड्न जादैंछु , यो समाजले मलाई विदाई कै हात हल्लाइरहेछ । प्रसंग सुरु गरौं , कोरोना संक्रमण पुष्टी भएपछि मोवाइल फोन प्राय ३ किसिमको अभिप्रायले आउने रहेछ । पहिलो स्वास्थ्य लाभको कामना जुन स्वभाविक छ घर परिवार, आफन्त ,साथीभाई, कर्मचारीमित्रहरु एवम् शुभेच्छुकहरुमा चिन्ता चासो हुनु र शिघ्र लाभहोस् भन्ने कामना गर्न आतुर हुनु ।
दोस्रो : यो कसरी देखिनेरहेछ के भयो भने चै शरिरमा कारोना संक्रमण छ भनेर अनुमान गर्ने जान्नको लागि फोन आउने रहेछ ।

तेस्रो : कोरोना संक्रमित मानिसलाई उर्जा हौसला हैन कि पुरै डिप्रेशन बनाउने खालको कल आउने रहेछ । यस्ता कल ले कमजोर मानसिकताका मानिसलाई दुर्घटना नजिक पु¥याएको हामीले प्रशस्तै सुन्न पाईरहेकै छौं । सिन्धुलीमाढी मै एकजना संक्रमितले भर्खरै झ्यालबाट हाम फालेको घटना ताजै छ ।

गत असोज १२ गते अफिसबाट निस्कने वित्तिकै म सरासर घर आए । जिउ थकित भएर गलेको र कट्कट् खाएको महसुस भएको थियो । मालपोत कार्यालयमा सेवाग्राहीको भिडभाड प्राय भई नै रहन्छ । कोरोना संक्रमणको उच्च जोखिम भएकै कार्यालय हो मालपोत । यो कार्यालयमा आउने सेवाग्राही प्राय चौतर्फी क्षेत्रका हुन्छन् । जति नै सावधानी अपनाएपनि त्यो अपुग हुन्थ्यो नै ।
कमलामाई नगरपालिका र सिन्धुली अस्पतालले गच्छे अनुसार सेनिटाइजर,मास्क , पन्जा लगाएतका सामाग्री को प्रवन्ध मिलाइदिएको छ नै । रेडक्रसले ज्वरो मापन गर्ने थर्मल गन एक थान उपलब्ध गराएर गुन लगाएकै थियो तथापी सेवाग्राहीको भिड हेर्दा लाग्थ्यो ढिलो चाँडो संक्रमित हुइन्छ नै , आखिर भयो पनि त्यहि नै ।

मालपोतमा मलाई भन्दा अघिवाट नै केहि साथीहरुलाई ज्वरो आएकै थियो । तरपनि साथीहरुले जचाँउन आवश्यक ठान्नु भएन । सिटामोलको सेवन पश्चात उहाँहरु १÷२ दिनमै पून अफिस आउनथाल्नु भयो । तर जव मलाई जिउ कटकटी खायो र ज्वरो समेत आयो तब १३ गतेबाट अफिस नजाने निधो गरे । असोज १५ गते सिन्धुली अस्पतालमा गएर सम्पुर्ण जाँच गरी औषधी लिनुका साथै पिसिआर परिक्षणका लागि स्वाव समेत दिए । धेरै साथीहरुले पिसिआर परीक्षण नगर्न सुझाव दिदैहुनुहुन्थ्यो तर मेरो मन मानेन । कोरोना दबाउने हैन संक्रमण रहेछ भनेपनी समाजलाई बचाउने चैं हो भन्ने मैले ठहर गरे । आज यहि अटेरीपनले समाज,टोल र कार्यालयमा कोरोनाले प्रवेश पाइसकेको छ । ढुक्क हुनुस् , ढिलो चाडो सबैमा देखिने लेवलमा यो पुगिसक्यो ।

संक्रमण देखिएमा अब के गर्ने ?

हो सवाल यहि हो, कोरोना संक्रमितका लागि औषधि छैन, अस्पतालमा बेड छैन, मानिसहरुको चेतनाको स्तर छैन, अझै सजगता छैन । सर्वप्रथम हामीले आफ्नो मानसिकता बदलौं , सोंच बदलौं । यस्तो खालको रुगा खोकी र सामान्य मौसमी ज्वरो गत सालहरुमा पनि देखिन्थ्यो , यसपाली मात्र हैन भन्ने कुरा नभुलौ । आफुलाई अनइजि भएपछि कार्यालय,बजार, घरवाहिरफेर ननिस्कौं घरमै एक कोठामा अलग्गै बसौं । तातोपानी,झोलिला खानेकुरा , सुप , प्रशूस्त लिऔं । विहान योग प्रणयाम गर्ने , हट लेमन वाटर पिउने , हल्का बेसार राखेर तातो दुध एक गिलास पिउने , हल्का ब्रेक फास्ट लिने , खाना खाएर मनपर्ने पुस्तकहरु पढ्ने, टिभि हेर्ने जस्ता कार्यहरुले आफूलाई व्यस्त राख्नुपर्ने रहेछ । सवै भन्दा ठुलो कुरा आत्मबल नै हो तसर्थ आत्मबल ले नै कोरोना लाई परास्त गर्नेमा म ढुक्क छु ।

कता जादैछ समाज

हाम्रो समाज यस्तो छ कि उसलाई पनि चौकिदार गर्नुपर्दछ । हरेक विषयलाई अतिरन्जित गर्नुपर्ने समाजमा एउटा तप्का छ जसले सकारात्मक को ‘स’ पनि जानेको छैन । मानौं त्यस्ता मानिसले अजम्वरी बुटी लगाएर हिडेका छन् । उसका घरभित्र गेट लगाएपछि महामारी र्फिता हुन्छ अर्थात प्रवेश गर्दैन । हाम्रो समाजमा तिल लाई पहाड वनाउने प्रचलन अनौठौं हुदैँ होइन ।

कोरोना माहामारीले विश्वजगत यतिखेर आत्र्रmान्त बनिरहेको बेला हामी कसरी अछुतो रहन सक्छौँ । हाम्रो आँगनमा आइसक्यो अब यसलाई व्यवस्थित तरीकाले कसरी जुध्ने र सामना गर्ने भन्नेमा योजना विहिन हुनुभएन ।अहिले हामी अत्यन्तै विषम परिस्थितिमा छौँ । यो अवस्थामा हरेक नागरिक जिम्मेवार वनेर आफ्नो घरमा आफ्नो समाजमा संक्रमण नल्याउन सतर्क हुनु पर्दछ । मास्क किन्न नसक्ने न्यून आय भएकाहरुलाई मास्क वितरण गर्ने, मास्कको सहि तरीकाले प्रयोग गर्न लाउने, आउदै गरेको चाडपर्वलाई घरायसी रुपमा सिमित गर्ने , भिडभाडयुक्त कार्यक्रम , खेलकुद ,नाचगान जस्ता दशैं तिहार विशेष कार्यक्रम आयोजना नगर्ने जस्ता विषयमा ध्यान दिनु जरुरी छ ।
पच्चीस हजार सक्रिय संक्रमितहरुको केससम्म मात्र धान्न सकिने भनेर स्वास्थ्य मन्त्रालयले वारम्बार भनिरहेका बेला भोली लाखौंमा संक्रमण फैलियो भने हामीले एम्वुलेन्स पाउदैनौ, अस्पतालमा बेड पाउँदैनौ , आफ्नै आँखा अघिल्तिर लाशका थप्रो देख्न विवश हुनेछौं । तसर्थ सरकार ,नागरिक समाज , सरोकारवाला निकायहरु तथा आम नागरिक एकजुट भएर कोरोना माहामारी नियन्त्रणमा लाग्नुको विकल्प छैन । हामीले सोचेको भन्दा तथा तथ्यांकममा वाहिर आएको भन्दा कयन् गुणा सक्रंमण फैलिसकेको छ । (दाहाल मालपोत कार्यालय सिन्धुलीका नायव सुव्वा एवम् सुचना अधिकारी हुन् )कोरोना संक्रमण पुष्टी भएपछि हाल उनी होम आईसोलेशनमा छन् ।

 

Comment here