प्रदेशशिक्षासमाचार

१५ विद्यालयलाई इन्टरनेट सहित कम्प्युटर वितरण गर्छौ : प्रवक्ता बराल

सिन्धुली, २२ असोज २०७७

यहाँको फिक्कल गाउँपालिकाले १५ विद्यालयलाई इन्टरनेट सहितको कम्प्युटर वितरण गर्ने भएको छ । प्राविधिक शिक्षामा जोड दिन र प्रविधिको माध्यमबाट शिक्षण सिकाई गर्न कम्प्युटर दिने भएको हो ।

गाउँपालिकाको शैक्षिक गुणस्तर बृद्धि गर्न विद्यालयलाई कम्प्युटर वितरण गर्ने तयारी भएको गाउँपालिकाका प्रवत्ता राजु बरालले जानकारी दिनुभयो । कम्युटर शिक्षा आज अनिवार्य शिक्षाको रुपमा विकास भएको भएपनि गाउँपालिका भित्रका विद्यालयहरुमा यसको प्रयोग हुन नसकेको अवस्थामा इन्टरनेट, विद्युत सहितको कम्प्युटर कक्षा र कम्युटरको सैदान्तिक ज्ञान मात्र नभएर बालबालिकाले अव आफैले कम्प्युटर चलाएर शिक्षा प्राप्त गर्ने बताउनुभयो ।

ग्रामिण क्षेत्रमा विद्युतिकरण नुहँदा कम्युटर शिक्षा हासिल गर्न नसकेका विद्यार्थीहरुलाई अव विद्यालय स्तरबाटै कम्युटर ज्ञान सिकाइने उहाँको भनाई रहेको छ । गाउँपालिकाको समन्वयमा सोलर गिप पावरले फिक्कलका १२ वटा माध्यमिक विद्यालय र ३ वटा निम्न माध्यमिक विद्यालयलाई कम्युटर वितरण गर्ने भएको उहाँले जानकारी दिनुभयो । सोलार गिप पावरले गाउँपालिकालाई १५ विद्यालयमा हस्तान्तरण गरिने सवै विद्युतीय सममग्रहीहरु उपलब्ध गराई सकेको तर कोरोनाको महामारिका कारण उक्त सामाग्रि विद्यालयलाई हस्तान्तरण गर्न नसकिएको प्रवत्ता बरालको भनाई छ ।

विद्यालयलाई १० थान ल्यापटप, १ थान प्रिन्टर, १ थान प्रोजेक्टर, इन्टरनेट, १ थान इन्भटर र यि यन्त्र सञ्चालन गर्न आवश्यक पर्ने विद्युतका लागि सोलारको समेत व्यवस्थापन हुने उहाँले जानकारी दिनुभयो ।

Comment here