जीवन सैलीप्रदेशसमाचार

कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि मालपोत कार्यालय सिन्धुली बन्द

सिन्धुली, २० असोज २०७७

मालपोत कार्यालय सिन्धुलीको सम्पुर्ण सेवा प्रवाह आज देखी बन्द भएको छ । कार्यालयमा काम गर्ने कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कार्यालयले सेवा प्रवाह बन्द गराएको हो ।

कार्यालयले आज एक सूचना जारी गर्दै कोरोना भाइरसको संक्रमण फैलन सक्ने अवस्थालाई मध्यनजर गरि कार्यालयको सेवा प्रवाह अर्को सूचना जारी नहुन्जेल सम्मका लागि बन्द गरेको जनाएको छ ।

कार्यालयमा काम गर्ने केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको तथा अन्य कर्मचारी पनि अस्वस्थ भएका कारण सेवाग्राहीमा  भाइरसले संक्रमण गर्न सक्ने भएकाले सेवा बन्द गर्नु परेको कार्यालले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

यता कार्यालयका नासु तथा सूचना अधिकारी पुरुषोत्तम दाहालले आफुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको सामाजिक सञ्जाल फेसवुक मार्फत जानकारी गराउनु भएको छ । उहाँले फेसबुकमा लेख्नु भएको छ ‘असोज १३ गते सामान्य ज्वरो आएको, घरमा नै बसेको र १५ गते स्वाव परिक्षण गर्न दिएकोमा १९ गते साँझ कोरोना संक्रमण पुष्टि भएको छ ।’ उहाँले फेसबुक मार्फत यसविचमा आफ्नो सम्पर्कमा रहनु भएका कर्मचारी लगाएत सवैलाई सजगता अप्नाउन आग्रह गर्नुभएको छ ।  साथै आत्तिएर कोरोना परिक्षण नगर्न आग्रह गर्दै सुरक्षित तरिकाले बस्न र जनस्वास्थ्यका मापदण पालना गर्न आग्रह गर्नु भएको छ ।

Comment here