राजनीतिसमाचार

‘मरिणमा राष्ट्रिय युवा संघको एकता हैन गुटको भेला हो’

सिन्धुली, २० असोज २०७७

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अन्र्तगत रहेको राष्ट्रिय युवासंघ नेपाल मरिण गाउँ कमिटिको एकता भेला नभई गुटको भेला भएको संज्ञा दिएका छन् ।

राष्ट्रिय युवा संघ नेपाल मरिण गाउँपालिका कमिटि र नेपाल कम्युनिष्ट पार्टी मरिण गाउँपालिका कमिटिले छुट्ट–छुट्टै प्रेस विज्ञप्ती जारी गर्दै युवासंघको भेला नभई एक पक्षिय गुटको भेला भएको संज्ञा दिएका हुन् ।

दुवै कमिटिले विधि र प्रक्रियाबाट युवा संघको एकता भेल ागर्न माग समेत गरेका छन् । राष्ट्रिय युवा संघ मरिण गाउँपालिका कमिटिका सह संयोजक विनय बलले विज्ञप्ति जारी गर्दै राष्ट्रिय युवा संघ नेपालको मरिण गाउँ कमिटि गठन गर्ने छलफल चलि रहेको समयमा एक पक्षिय रुपमा साविक वाईसिएललाई मात्र उपस्थित गराएर भेला गरे प्रति घोर आपत्ति रहेको जनाउनु भएको छ ।

गुटगत मानसिकताबाट पेलेर अघि बढ्नु पर्दछ भन्ने व्यवहार पार्टी र संगठनको नेतृत्वले देखाएकाले यस्तो कार्य नसच्याएमा पार्टी एकता जोगाउन युवा संघले जस्तो सुकै जोखिम उठाउन खरोसंग उत्रने विज्ञप्तिमा भनिएको छ । मरिण गाउँपालिकामा असोज १८ गते वनेको युवा संघ नेपाल मरिण गाउँपालिका कमिटि आधिकारीक नभएको समेत उल्लेख गरिएको छ ।

यस्तै नेपाल कम्युनिष्ट पार्टी मरिण गाउँपालिका कमिटिका सचिव हरिकुमार स्याङतानले विज्ञप्ति जारी गर्दै युवा संघ नेपाल मरिण गाउँकमिटि विधि र प्रक्रियाबाट गठन गर्न आग्रह गर्नु भएको छ । उहाँले मरिणमा युवा संघ नेपाल मरिण गाउँपालिकाको एकता भेला नभएको विज्ञप्ति मार्फत उल्लेख गर्नु भएको छ ।

Comment here