आर्थिकप्रदेशसमाचार

युनियन लाईफद्धारा मृत्युदावि भुक्तानी

सिन्धुली, १९ असोज २०७७

युनियन लाईफ इन्स्योरेन्स कम्पनि लिमिटेड शाखा कार्यालय सिन्धुलीले आज (सोमबार) मृत्यु दावि भुक्तानी गरेको छ । सुनकोशी गाउँपालिका ६ रातमाटा चैनपुर निवासि देवीका दाहालको घरमा नै पुगेर मृत्यु दावि भुक्तानी गरेको हो ।

उहाँका श्रीमान ३७ बर्षिय भवनाथ दाहालले २०७६ साल माघ १३ गते ५ लाख रुपैंयाको विमा गर्नुभएको थियो । भवनाथको मिति २०७७ साल भदौ १७ गते मृत्यु भएकाले विमित भवनाथको मृत्यु दावि भुक्तानी उहाँकी श्रीमती देवीकालाई आज एक कार्यक्रमका विच रकम हस्तान्तरण गरेको युनियन लाईफ इन्स्योरेन्स कम्पनि लिमिटेड शाखा कार्यालय सिन्धुलीले जनाएको छ ।

६ नं. वडा अध्यक्ष लक्ष्मीप्रसाद तिमलसिनाको आतिथ्यतामा युनियन लाईफ इन्स्योरेन्सका बागमती प्रदेश एरिया इन्चार्ज राजु श्रेष्ठले ५ लाख २५ हजारको चेक हस्तान्तरण गर्नु भएको हो । भवनाथले ३६ हजार ६२३ रुपैंया इन्स्योरेन्समा जममा गर्नु भएको थियो ।

Comment here