प्रदेशशिक्षासमाचार

भौतिक उपस्थितीमा पठन–पाठन नगराउनु (जिल्ला प्रशासन कार्यालय सिन्धुली)

सिन्धुली, १८ असोज २०७७

जिल्ला प्रशासन कार्यालय सिन्धुर्लले भौतिक उपस्थितीमा आधारीत पठन–पाठन नगर्न, नगराउन जिल्लाका विद्यालय तथा सरोकारबालाहरुलाई अनुरोध गरेको छ ।

प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले आइतबार सूचना जारी गर्दै यस्तो आग्रह गर्नु भएको हो ।

जिल्लामा केही दिन देखि कोरोना भाईरसको संक्रमण दर उच्च रुपमा बढ्न थालेको अवस्थामा विद्यालयहरुले भौतिक रुपमा नै उपस्थिती गराई पठन–पाठन गर्न थालेको भन्दै त्यसो नगर्न जिल्ला प्रशासन कार्यालय सिन्धुलीले आग्रह गरेको छ ।

सूचना मार्फत प्रमुख जिल्ला अधिकारी पाण्डेले नेपाल सरकारको मिति २०७७/०५/२९ गतेको निर्देशिका अनुसार अर्को सूचना जारी नभए सम्म शैक्षिक संस्थाहरु सञ्चालन गर्न नपाउने उल्लेख गर्नु भएको छ । यसका लागि बैकल्पिक सिकाई मार्फत शैक्षिक गतिविधि कायम राख्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको ‘विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७’ पालना गर्न र गराउन उहाँले आग्रह गर्नुभएको छ ।

Comment here