प्रदेशसमाचारसहकारी

शिक्षकहितले लाभांश, उपचार खर्च वितरण गर्ने

सिन्धुली, १८ असोज २०७७

शिक्षकहित वचत तथा ऋण सहकारी संस्था लिमिटेड सिन्धुलीले लाभांश, उपचार खर्च र संरक्षित पूँजि फिर्ता रकम वितरण गर्ने भएको छ । सहकारीले आर्थिक बर्ष २०७६/०७७ को लाभांश, उपचार खर्च र संरक्षित पूँजि फिर्ता रकम वितरण गर्ने भएको हो ।

सहकारीको सञ्चालक समितिको शिनिबार बसेको बैठकले आफ्नो दशौं वार्षिक साधारण सभा कोभिड–१९का कारणले तत्कालै हुन नसकेपछि लाभांश, उपचार खर्च र संरक्षित पूँजि फिर्ता रकम वितरण गर्ने भएको हो ।

असोज १८ आईतवार देखी २०७७ कात्तिक मसान्त सम्म वितरण गरिने भएकाले सहकारीको कार्यालयमा सम्पर्क राखि रकम बुझ्न आफ्ना शेयर सदस्यहरुलाई सहकारीले आग्रह गरेको छ ।

Comment here