प्रदेशशिक्षासमाचार

शिद्धबाबा मावि पानीट्याङकी एक हप्ताका लागि बन्द

सिन्धुली, १७ असोज २०७७

कमलामाई नगरपालिका ६ दमारमा रहेको शिद्धबाबा माध्यमिक विद्यालय पानीट्याङकी एक हप्ताको लागि बन्द गरिएको छ । विद्यालय सेवा क्षेत्र वरीपरि केही व्यक्तिलाई कोरोना भाईरस संक्रमण पुष्टि भएपछि संक्रमण समुदायमा फैलन सक्ने भन्दै विद्यालय बन्द गरिएको हो ।

विद्यालयका प्रधानाध्यापक टोमप्रसाद काफ्लेले शनिबार एक सूचना जारी गर्दै असोज १८ गते देखी २३ गते सम्म विद्यालय बन्द रहने जानकारी गराउनु भएको छ ।

कोरोनाको महामारिका वेला जोखिमलाई मध्यनजर गर्दै आलो–पालो गरेर प्रत्यक्ष विधिबाट विद्यालयले पठन–पाठन गराउदै आएको थियो । उहाँले विद्यार्थीलाई विद्यालय बन्द रहेपनि पढाइका बैकल्पिक माध्यममा जोडिन आग्रह गर्नु भएको छ ।

Comment here