प्रदेशराजनीतिसमाचार

बोधराज काफ्ले स्मृती प्रतिष्ठान स्थापना गरिने

सिन्धुली, १२ असोज २०७७
सिन्धुलीको दुधौली नगरपालिकामा बोधराज काफ्ले स्मृती प्रतिष्ठान बनाईने भएको छ । नेपाल कम्युनिष्ट पार्टी दुधौली वडा नं १ कमिटको आज बसेको बैठकले प्रतिष्ठान बनाउने निर्णय गरेको हो ।

यस्तै बैठकले त्यस क्षेत्रमा रहेका पुराना कम्युनिष्टहरुको अभिलेख तयार गरि स्मारिका प्रकाशन गर्ने निर्णय गरेको छ । वडा कमिटिका अध्यक्ष चन्द्रप्रसाद पहाडीको अध्यक्षतामा बसेको बैठकले कार्यालय व्यवस्थापन, विकास निर्माणलाई प्रभावकारी ढंगले सञ्चालन गर्ने, पार्टी र संगठनलाई सदृढ बनाउने निर्णय गरेको छ ।

बैठटकमा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य विषमलाल अधिकारी, प्रदेश कमिटि सदस्य डक्बर कार्की, जिल्ला कमिटि सदस्य मातृका भट्टराई, तिर्थ बराल, घनश्याम बस्नेत, दुधौली नगर कमिटि अध्यक्ष लक्ष्मण कार्की लगाएत, अनेरास्ववीयुका केन्द्रिय सदस्य दिपेश बराल लगाएतको उपस्थिती रहेको थियो ।

Comment here