आर्थिकप्रदेशसमाचार

युवा उद्यमीलाई सहुलियत ऋण दिन दुधौलि नगरपालिका र बाणिज्य बैंकबीच समजझदारी

सिन्धुली १२ असोज २०७७

दुधौली नगरपालिका र राष्ट्रिय बाणिज्य बैंकबीच युवालाई सहुलीयतपूर्ण कर्जा दिने भएको छ । आज राष्ट्रिय बाणिज्य बैंक र दुधौली नगरपालिकाले युवा उद्यामीलाई सहुलियतपूर्ण कर्जा दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । यस हस्ताक्षर पछि अव यहाँका युवा उद्यमीहरुले सहुलीयत पुर्ण व्यवसायिक कर्जा पाउने छन् ।

उक्त समजmदारी पत्रमा दुधौली नगरपालिकाका मेयर घनश्याम राउत र राष्ट्रिय बाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले हस्ताक्षर गर्नु भएको छ ।

यो सहमतिपछि उद्यम गर्न चाहने दुधौली नगरवासी युवा उद्यमशीलताका लागि राष्ट्रिय बाणिज्य बैंकबाट महिला उद्यमीका लागि वार्षिक १.८ प्रतिशत र पुरूष उद्यमीलाई वार्षिक २.८ प्रतिशत ब्याजदरमा ५ लाख देखि ५ करोड सम्म र बिनाधितो १० लाखसम्म कर्जा पाउन सक्नेछन् ।

Comment here