जीवन सैलीप्रदेश

कोभिड–१९ को महामारी र जोखिमपूर्ण समुह–बृद्धवस्था

निगम कोईराला, अमुल श्रेष्ठ, सन्देश अधिकारी

कोभिड–१९, अथवा कोरोना भाईरस, विश्व महामारीको रुपमा विश्वभरि व्यापक रुपमा फैलिएको छ । यस महामारीले विश्वको जनसंख्यालाई तिब्र गतिमा प्रभाब पारेको छ । विश्व स्वास्थ संगठनको तथ्याङ्ग अनुसार हालसम्म (22nd September,2020) विश्वभरि ३१,५३६,५३६ कोभिड १९ का बिरामीहरु पुस्टि भएका छन् र त्यस मध्ये ६६,६३२ कोभिड १९ का बिरामीहरु नेपाल मा देखिएका छन् । यस महामारीको समयमा बिश्वका धेरै देशहरुमा वृद्ध समूहहरुले बढी जोखिम, त्रास र चुनौतीको सामना गर्नु परेको छ ।

बृद्धअवस्था प्राकृतिक चक्रको एउटा अंश हो । यो एउटा अपरिहार्य प्रक्रिया पनि हो । कसैले पनि कहिल्यै रोकेर मानिस वा अन्य कुनै पनि जीव समयानुसार बृद्धवस्थाबाट बञ्चित हुन कदापि सक्दैन । विश्वमै जनसाङखिक बृद्धपन व्यापक रुपमा बढ्दो क्रममा रहेको छ, जसले गर्दा यसको असर प्रत्यक्ष्य र अप्रत्यक्ष्य रूपमा देशका ेसामाजिक र आर्थिक पाटोमा देखिन्छ । जनस्वास्थ्य क्षेत्रमा भएको सुधारसंगै क्रमिक स्वास्थ्य सुधारले मानिसहरु धेरै बर्ष बाँचे तर संगसंगै बृद्धवस्थामा आउने समस्याहरुस शारिरिक, पारिवारिक, सामाजिक एवं मनोवैज्ञानिक लाई ब्यबस्थापान गर्न चुनौती बन्दैछ । विस्तारै आधुनिकीकरण तर्फ उन्मुख भैरहेको नेपाली समाजमा यहाँको सांस्कृतिक, परम्परागत र पारिवारक सद्भाव सहयोग र सहकार्य विस्तारै कमजोर हुदै गएको प्रत्यक्ष अनुभुत गर्न सकिन्छ । कामको व्यस्थता, आधुनिक सोच र स्वतन्त्रता उन्मुख प्रवृत्ति हावि हुर्दै गर्दा, बृद्ध अवस्थामा पारिवारिक सहयोग र सदभाव लुप्त हुदै गई रहेको अहिलेको अवस्थामा अझ कोरोनाको महामारिले ती समुह झन् मारमा परेका छन् । कोभिड १९ को महामारीले वृद्ध मानिसहरुको हेरचाह, समर्थन, सामाजिक रुपमा जडित हुने क्षमता र त्यस प्रति सोच्ने विचार, शारीरिक रुपमा आफ्ना परिवारका सदस्यहरु र साथीभाईहरुसंग भेट्नबाट बन्चित, आफु र आफ्नो परिवारका सदस्यहरु कोरोना भाइरसको संक्रमित भएर बिरामी तथा मृत्यु होला भन्ने डर र त्रास ले गर्दा उनीहरुको दैनिक क्रियाकलापमा परिवर्तन लियाएको छ ।

विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार जेष्ठ नागरिक भन्नाले ६० बर्ष भन्दा माथि को उमेर समुहका व्यक्ति भन्ने बुझिन्छ र नेपालमा पनि त्यहि नै उमेर समुह कायम भएको अवस्था रहेको छ । अनि फेरी विश्व स्वस्थ्य संगठन कै अनुसार ६० बर्ष पश्चात जटिलता पैदा भई मृत्यु हुने दर पनि बढि रहेको पाइन्छ । तथ्याङ्कले पनि यहि नै पुष्टि गर्दै आईरहेको छ । बढ्दो उमेरसंगै शारिरिक, आन्तरिक र बाह्य शक्ति विस्तारै घट्दै जान्छ जस्को कारण रोग संग लड्ने प्रतिरोधात्मक क्षमतामा ह्रास हुदै जान्छ र विभिन्न रोगहरुले सहजै आक्रमण गरि रोगी बनाउदछ । यस्तो अवस्थामा बृद्ध–बृद्धाहरुको हेरचाहामा धेरै ध्यान पु¥याउनु पर्दछ । अझ भन्ने हो भने कोरोना भाइरसको अत्यन्त जोखिम उमेर समुह ८०+ भन्दा माथि हुन्छ । अमेरिकाको एक तथ्याङ्कले पनि के बताएको छ भने १० मध्ये ८ जना कोरोना संक्रमितको मृत्यु ६५ बर्ष माथिका रहेको छ (cdc.gov/coronavirus) ।The office for National statistics report (29th May, 2020) अनुसार ४६,००० भन्दा बढी मानिसहरुको कोरोना भाइरसबाट बेलायत र वेहल्समा मृत्यु भएको र त्यसमा ५ जना मध्ये ४ जना ७० वर्ष र त्यो भन्दा माथि उमेरका मानिसहरु थिए । बिश्व स्वास्थ संगठन दक्षिण पुर्बिय एशिया क्षेत्रीय कार्यालयको तथ्याङ्ग अनुसार दक्षिण पुर्बिय एशियाका राष्ट्रहरु मध्ये कोभिड १९को सबै भन्दा बडी संक्रमित भारत(५,५७४,०९६)मा देखिएको छ । दक्षिण पुर्बिय एशिया क्षेत्रमा धेरै जसो वृद्धहरु आफ्नो सन्तानसंग बस्दै आएका छन् र कोरोना को महामारी ले गर्दा आउने आर्थिक अम्दामी ठप्प भएकोले पुरै परिवारको आर्थिक स्थिति पनि कमजोर हुदै गएको र त्यसको नकारात्मक असर बढी वृद्धहरुमा देखिएको छ ।

बढ्दो उमेरसंगै शारिरिक एवं मानसिक समस्याले जेष्ठ उमेरका मानिसहरुलाई गाह्रो बनाई रहेको हुन्छ र त्यस माथि पनि अहिले कोरोनाको सकस झन् डरलाग्दो र भयावव सावित भै रहेको छ । प्रारम्भिक अनुसन्धानले पनि के देखाएको छ भने वयस्क भन्दा बृद्ध अवस्थामा कोरोना लागेपनि हुने जटिलता दुई गुणाले बढी हुन्छ । त्यसमाथि पनि यदी अरु रुग्णता (रोग लागेको अवस्था) जस्तै मुटु रोग, फोक्सो÷मृगौला सम्बन्धि रोग मधुमेह, उच्च रक्तचाप छ भने झन् गम्भिर हुन सक्दछ । तथ्याङ्कले के पनि भन्छ भने सरदर ८५ प्रतिशत जेष्ठ नागरिकमा कम्तीमा एउटा क्रोनिक –दीर्घ स्वास्थ्य समस्या हुने गर्दछ, अनि ६० प्रतिशतमा कम्तीमा २ वटा क्रोनिक –दीर्घ स्वास्थ्य समस्या हुन्छ भनि भनेको छ । (cdc: center for disease control & prevention) । अव यस्तो अवस्थामा ती बृद्धबृद्धाहरुलाई कोरोना भयो भने अवस्था झन् नाजुक हुन्छ । अहिले सम्मको तथ्याङ्क हेर्ने हो भने पनि २०७७/०५/३१ गते सम्म नेपालमा ३१४४ जना ६० बर्ष माथि उमेर समुहका जेष्ठ नागरिकहरु संक्रमित भएका छन्  (covid-19.mohp.gov) भने झन् कति संक्रमित हुन बाँकी छन् होलान् र कपितपय संक्रमित होलान तर परीक्षणनभाकोले तथ्याक नआएको हुन सक्छ । यस्तो अवस्थामा यी समुहहरुको जोखिम मुल्याङ्कन गरि अत्यावसेक स्वास्थ्य सेवा प्रवाह गर्न सके हामिले उनीहरुलाई यस कोरोना कहरबाट बचाउन सक्छौ ।

कोभिड–१९ का रोकथामका उपायहरू वृद्ध बृद्धाहरुमा र अन्य उमेर समुहका मानिसहरुमा खासै फरक हुँदैनन । यधपि वृद्ध बृद्धहरुको हकमा कोभिड–१९ लाई लिएर अधिक सावधानी र सतर्कता अपनाउनु आवश्यक छ । वृद्ध बृद्धाहरुमा कोभिड–१९ रोकथामका लागि केही मुख्य उपायहरू यस प्रकार छन् :

आत्म–देखभालका उपायहरु  :

  •  हात सफा राख्नुहोस । आफ्नो हात बेला बेलामा राम्ररी साबुन र पानीले धुनुहोस् ।
  •  सकेसम्म हातले मुख, नाक र आँखामा नछुनुहोस् ।
  • अन्य व्यक्तिहरुसंग शारीरिक र सामाजिक दूरी पछ्याउनुहोस् । कम्तिमा पनि १ मिटरको दूरी कायम राख्नुहोस् ।
  •  कुनै पनि बेला शारीरिक दूरी सम्भव नभएमा अनिवार्य रुपमा मास्क लगाउनुहोस् ।
  • शारीरिक गतिविधि र स्वस्थ जीवनशैली कायम राख्नुहोस् ।
  • स्वस्थ, सन्तुलित र पौष्टिक खानाको साथै पर्याप्त पानी सेवन गर्नुहोस् ।
  • आफ्नो दैनिक दिनचर्यालाई प्राथमिकता दिनुहोस् र शारीरिक एवं मानसिक रुपमा सक्रिय रहनुहोस् ।
  •  हरेक दिन बिहान पर्याप्त सूर्यको प्रकाश प्राप्त गर्नुहोस् । घामले हाम्रो शरीरमा भिटामिन डी लिन मद्दत गर्दछ । यसले हामीलाई संक्रमणको जोखिमबाट पनि जोगाउँदछ ।
  • भिटामिन सी युक्त खाद्य पदार्थहरूको सेवन नियमित रुपमा गर्नुहोस्।
  • धुम्रपान तथा मध्यपान नगर्नुहोस ।

सामाजिक र मनोबैज्ञानिक उपयहरु :

  • घरका सदस्यहरू र छिमेकीहरूले वृद्ध बृद्धाहरुहरुलाई उनीहरूको खाद्यान्न र अन्य किनमेल गर्न मद्दत गर्नुपर्छ ।
  • परिवार र छिमेकीहरूले वृद्ध बृद्धाहरुहरुलाई एक्लो महसुस हुन नदिन हरेक दिन उहाहरुसँग कुराकानी गर्नुपर्दछ ।
  • वृद्ध बृद्धाहरुहरुलाई फोन तथा अन्य सामाजिक प्लेटफर्महरू मार्फत सामाजिक रुपमा सक्रिय रहिरहन मद्दत गर्नुहोस्।
  • अनावश्यक आगन्तुकहरूलाई वृद्ध बृद्धाहरुहरुबाट टाढा राख्नु पर्दछ ।

घरेलु सरसफाइका उपायहरुः

  • बारम्बार छोइएका सतहहरूलाई सफा र कीटाणुरहित राख्नु होस् । यस अन्तर्गत बिशेष गरेर ढोकाका ह्यान्डलहरू, लाइट स्विचहरू, फोन, शौचालय, र धाराहरु पर्दछन् ।

उपचारका उपायहरूः

  • हालसम्म, कोभिड–१९ को लागि कुनै विशेष उपचार वा औषधी बनेको छैन । यद्यपि संक्रमणको कुनै पनि लक्षण देखिएमा स्वाथ्यकर्मीलाई सम्पर्क गर्न र पीसीआर टेस्ट गर्न आवश्यक छ ।

साथै नेपाल सरकार ले भर्खरै निकालेको पोषण निर्देशिकाले पनि कोभिड–१९ सन्क्रमित बृद्ध बृद्धा लाई कुन समयमा के के खानेकुरा कसरी खाने भनि उल्लेख गरेको छ । ६० बर्षभन्दा माथिको उमेरमा मानसिक, शारीरिक परिवर्तन तथा मेटाबोलिज्ममा आएको परिवर्तनका कारणले खानामा रुचि कम भई कुपोषित हुने जोखिमका साथै रोग प्रतिरोधात्मक क्षमतामा कमि आइरहेको हुन्छ । विभिन्न खालका दिर्घ रोगका कारणले यस उमेर समूहमा कोभिड(१९ को संक्रमण र मृत्युको जोखिम पनि अन्य उमेर समुहको तुलनामा उच्च रहेको पाईएकाले उचित खानपान र जीवनशैलीमा विशेष ध्यान दिन जरुरी छ ।

मेनु १

कोभिड १९ संक्रमित (दीर्घ रोग नभएका) ६० बर्ष माथिका ब्यक्तिहरुका लागि खानाको नमुना मेनु

(यस मेनुले औसत ६० के.जी.तौल भएका ६० बर्ष माथिका व्यक्तिहरुका लागि आवश्यक करिब १८०० क्यालोरी र ६० ग्राम प्रोटिन प्रदान गर्छ )

last

साथै संक्रमित व्यक्तिहरुको लागि पोषणसम्बन्धी अन्तरिम निर्देशिका, २०७७ (मिति २०७७÷०५÷२९ गतेको माननीय मन्त्री स्तरिय निर्णयबाट स्विकृत  तल को लिंक मा गएर डाउनलोड गर्नसकिन्छ ।

Nutritional Guideline for COVID-19 infected Patients

कोईराला, श्रेष्ठ र अधिकारी तीनै जना जनस्वास्थ्यकर्मी हुनुहुन्छ ।

 

 

Comment here