प्रदेशराजनीतिसमाचार

युवा संघको एकता भेला सम्पन्न

सिन्धुली,६ असोज २०७७

राष्ट्रिय युवा संघ नेपाल तिनपाटन गाउँपालिका– १ सिन्धुलीको एकता भेला सोमबार सम्पन्न भएको छ । भेलाले सरोज कसाईको संयोजक, सहसंयोजकमा सुवास क्याप्छाकि सहित २९ सदस्यीय वडा कमिटि गठन गरेको युवा संघले जनाएको छ ।

तीनपाटन गाउँपालिकाका सवै वडामा एकता भेला गरिने युवा संघ नेपाल सिन्धुलीले जनाएको छ । तीनपाटन गाउँपालिकाको वडा नं. १ वेलघारी बाट सुरु भएको एकता भेला विस्तारै अन्य वडामा समेत भेला गरिने छ । वडा स्तरमा संयोजक र सह–संयोजक गरि वडा स्तरीय कमिटि बनाईने युवासंघ नेपाल सिन्धुलीका सह–संयोजक देवराज वाईवाले जानकारी दिनुभयो ।

गाउँपालिकाका युवा संघका संयोजक अनिल तामाङको अध्यक्षतामा भएको भेलामा नेकपाका जिल्ला कमिटि सदस्य तथा तीनपाटन गाउँपालिका ईन्चार्ज अशोक पुलामी, तीनपाटन गाउँ कमिटि अध्यक्ष छत्र दाहाल, राष्ट्रिय युवा संघका जिल्ला संयोजक अविरल मगर , सह–संयोजक देवराज वाईवा लगायत स्थानीय नेताहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको युवा संघले जनाएको छ ।

Comment here